मान बहादुर ठकुल्ला टीकापुर / कैलालीको टीकापुर नगरपालिका वडा न ८ बटनपुरमा जारी माघि मिलन तथा खुल्ला फुटबल प्रतियोगिताकाे पहिलाे चरण खेल सम्पन्न भएका छन ।

सगरमाथा युथ क्लब बटनपुरकाे अायाेजना तथा धनसिहपुर प्रबासि समितकाे सहयाेगमा संचालन भएकाे फुटबल प्रतियोगितामा दाेश्राे चरणकाे पहिलाे खेल युनाइटेड एकाडेमी स्कुल र अटल युवा क्लब बाैनिया बिच भएकाे थियाे जसमा लाई ६- ० गाेलले अन्तरले युनाइटेड एकाडेमी स्कुल बिजय भएकाे छ । भने दाेश्राे खेल सुर्याेदय युवा क्लब सुर्यपुर र १४ जिअार बिच रहेकाे भएता पनि सुर्याेदय युवा क्लब अनुउपस्थित भए पछि १४ जिअारले वाक अाेभर पाएकाे थियाे । भने अन्तिम खेल सगरमाथा युथ क्लब A र पुष्कल डिजे टीकापुर बिच भएकाे थियाे जसमा सगरमाथा युथ क्लब २- १ गाेलकाे अन्तरले बिजय भएकाे छ। पहिलाे हाफमा १-१ गाेलकाे बराबरीमा रहेता पनि माधव भण्डारीकाे कर्नर किक बाट दिएकाे बललाई सगरमाथा युथ क्लबका पुरन भुल ले गाेल गरेर जित गराउन सफल भएका थिए । भाेलि मंगलबार पहिलाे खेल सगरमाथा युथ क्लब र मिलन युवा क्लबका बिच संचालन हुनेछ । अर्काे खेल १४ जिअार टीकापुर र युनाइटेड एकाडेमी स्कुल संचालन हुने अायाेजक क्लबका अध्यक्ष याेगेन्द्र साउदले जानकारी दिएका छन ।