सुनसरीको कोशी गाउँपालिकामा चित्रकला प्रतियोगिता सम्पन्न भएको छ । शुक्रबार आयोजित मा.बि.स्तरीय चार्डपर्व विषयक चित्रकला प्रतियोगितामा कोशिका पाँचवटा माध्यमिक विधालयका प्रतियोगी विद्यार्थी सहभागी भएका थिए । प्रतिसप्रधिहरु मध्ये कोशी मा.बि.का छात्र दिपक कुमार राम प्रथम , राष्टिय मा बि.सोभनपुरकी छात्रा नविता ठाकुर द्वितीय र राष्टिय मा बि श्रीपुरकी छात्रा अंजली यादव तृतीय हुनुभयो

। विजयी प्रतियोगीहरुलाई कार्यक्रमका प्रमुख अतिथि कोशी गाउपालिका अध्यक्ष ऐयुब अन्सारी, कार्यक्रमका सभापति राष्टिय मा बि.सोभनपुरका प्रधानाध्यापक हरेकृष्ण प्रसाद राउत र विशेष अतिथि लेखा अधिकृत सुरप्रसाद दगालले पुरस्कार प्रदान गर्नुभयो । यस चित्रकला प्रतियोगिताको माध्यमबाट चाडपर्व प्रबर्द्धन गर्न कार्यक्रम प्रभावकारी भएको छ । चित्रकलामा सहभागी विद्यार्थीहरुको अध्यक्ष अन्सारीले प्रशंसा गर्नुभयो ।