सनुसरीको कोशी गाउँपालिका ४ श्रीपुर जुद्धगञ्जमा सनिबारबाट मिल्लत यूवा क्रिकेट क्लकको आयोजनामा प्रथम हाजि लतिफ टि २० कप क्रिकेट प्रतियोगिता सुरु भएको छ ।

सनिबार प्रदेश सभा सदस्य सदानन्द मण्डलले प्रथम हाजि लतिफ टि २० कप क्रिकेट प्रतियोगिताको उदुघाटन गर्नुभएको हो । गाउँमा कोशी बाढी पछि स्थानीय कटान भएको क्षेत्रलाई नै मैदानको रुपमा प्रयोग गरि मिल्लत यूवा क्रिकेट क्लकको आयोजनामा प्रथम हाजि लतिफ टि २० कप क्रिकेट प्रतियोगिता सुरु भएकोमा प्रमुख अथिति समेत रहनुभएका मण्डलले शुभकामना दिनुभयो ।

खेलकुदले व्यक्तिलाई जोड्ने र शारिरिक रुपमा समेत तन्दुस्ती हुने भएकाले गाउँमा क्रिकेट प्रतियोगिता उपयोगी भएको बताउनुभयो ।

उद्घाटन कार्यक्रममा पूर्व गाबिस अध्यक्ष हाजी लतिफ मियाँ, सचिव मो. तजमुल हुसेन, कोषाध्यक्ष मो.अमिन मियाँ, सदस्यहरु मो. साविर मियाँ, विधान्दन यादव, हाजि मजिद मियाँ, सकुर मियाँ, मोलाना जैनुदिन नाजिम, कोशी ४ का वडा अध्यक्ष इसराईल मंसुरी, कोशी गाउँपालिकाका अध्यक्षका स्वकिय सचिव धर्मेन्द्र विश्वास, हाजि सदिक, सूर्यनारायण मेहता, मोलान मस्कीम, सल्लाउदीन हाजी, ज्ञानु खतिवडा, अमिन मंसुरी, इसराफील नदवी र पत्रकार जयकृष्ण यादव सहितको उपस्थिती रहेको थियो ।

उद्घाटन खेलमा इनरुवा र भोक्राहा नरसिंहको टिमले प्रतिस्प्रधा गरेको आयोजकले जनाएको छ । यस प्रतियोगितामा विभिन्न आठ वटा टिमको सहभागीता रहेको र प्रतियोगिता आठदिनसम्म सञ्चालन हुने आयोजकले जानएको छ । प्रतियोगितामा आयोजक सहित कुशाहा क्लब, बजंरगी क्रिकेट क्लब, जुद्धगञ्ज क्रिकेट क्लव, कुम्याही , इनरुवा, टाईगर क्रिकेट क्लव, मिल्लत यूवा क्रिकेट क्लब सहितको सहभागिता रहेको छ ।

१, सुनसरीको कोशीको अभ्यास गर्दै युवाहरु ।