सुनसरी सदरमुकाम इनरुवामा अवस्थित रहेका सामुुदायिक तथा नीजि विद्यालयहरुलाई राष्टपति रनिंगकपको तयारीको चटारो परेको छ । विद्यार्थीहरु खेलकुदमा निकै चासो राख्ने भएकाले विद्यालयहरुले आआफ्नो विद्यालयहरुबाट सहभागी छनोटका लागि भ्याइनभ्याइ भएका छन् ।
राष्टपति रनिंगकपमा दौड प्रतियोगिता, भलिभल प्रतियोगिता, कवडी प्रतियोगिता, हाइ जम्प, लंगजम्प र छेलो तथा अन्य प्रतियोगितात्मक कार्यक्रम सञ्चालन हुने आयोजकले जनाएको छ ।


व्यवस्थित भएका सामुुदायिक विद्यालय तथा निजी विद्यालयहरुले नगर स्तरीय शिल्ड हत्याउनका लागि नीजि लगानी लगाई कोच तथा प्रशिक्षण व्यवस्था गरेका छन् । आफ्ना विद्यार्थीहरुलाइ बन्द प्रशिक्षण दिईरहेका छन् । सरस्वती माविमा स्थानीय पूूर्व विद्यार्थी तथा कवडीका राष्टिय खेलाडी खगेन्द्र गुुप्ताले प्रशिक्षण दिई रहेका छन् । खेल अनुशासन तथा स्वास्थ्यको साथै पहिचान र प्रतिभाको संस्थागत विकासका लागि सुवर्ण अवसरका रुपमा विद्यार्थी तथा शिक्षकहरुले लिएका छन् । इनरुवा नगरपालिका स्तरीय राष्टपति रनिंगकपको आयोजना यही फाल्गुन १० गतेदेखि १२ गतेसम्म चल्ने नगरपालिकाले जनाएको छ । सुनसरी बहुुमुुखि क्याम्पसको प्रांगणम हुन । जसरी पनि शिल्ड जित्नुपर्ने मानसिकताले केही विद्यालयहरुले बाहरी खेलाडी घुसपैैट गर्नेप्रति सचेत हुुन समेत सरोकारवालाहरुले विगत वर्षदेखि जोड दिदै आएको छ । यता नगरपालिकाले त्यस किसिमका गुनासो नआउन नदिन कडाइका साथ जन्म मिति खुुल्ने प्रमाण पत्र र प्रधानाध्यापकको सिफारिस लागुु गरेको छ । गलत गर्ने प्रधानाध्यापकलाई कारवाहीको समेत चेतावनी प्रत्रमा गएिको छ ।