जयकृष्ण यादव । इनरुवा
इनरुवा, फागुन १० गते । जिल्लाको सदरमुकाम समेत रहेको इनरुवा नगरपालिकाले मातहतका विद्यालयहरुको सहभागीतामा तेस्रो राष्टपति रनिगं शिल्ड प्रतियोगिताको आयोजना गरेको छ । बुधबार इनरुवा नगरपालिकाका कार्यवाहक नगर प्रमुख वीनिता कुमारी मेहताको संयोजकत्वमा प्रतियोगिताको उद्घाटन गरिएको हो । जिल्ला समन्वय समिति प्रमुख राजन मेहताको प्रमुख आथित्यतामा तेस्रो राष्टपति रनिगं शिल्ड प्रतियोगिताको उद्घाटन गरिएको प्रमुख प्रशासकिय अधिकृत दशरथ राईले जानकारी दिनुभयो ।
इनरुवा नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख डिल्लीराज निरौलाका अनुसार प्रतियोगितामा १८ वर्षभन्दा मुनीका कक्षा १२ सम्म अध्ययन गर्ने छात्रछात्राको सहभागितामा भलिवल, कबड्डी, एथलेटिक्स( दौड, उफ्रने, फ्याक्ने, हाइजम्प लगंजम्प, सर्टफुट), खेल आयोजना गरिएको छ । खेलका कार्यक्रमहरु बुधबार विहानबाट सुनसरी क्याम्पसको मैदानमा सुरुभएको बताइएको छ ।
उद्घाटन कार्यक्रममा पूर्व राज्य मन्त्री सिताराम मेहता, पूर्व प्रदेश सभा सदस्य ज्योती सुब्बा, प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डे, सुनसरी क्याम्पस प्रमुख इनु अधिकारी विद्यालयका प्रधानाध्यापकहरु समेतको उपस्थिती रहेको थियो ।
शुक्रबारसम्म संचालन हुने प्रतियोगितामा १९ खेलमा ३० विद्यालयको सहभागीता रहेको जनाएको छ । प्रतियोगितामा सबै विधाका प्रथम, तिद्धिय र तृतियलाई सिल्ड सहितको उपहार दिने र सबै भन्दा बढी अंक ल्याउने विधालयनलाई चादीको सिल्ड प्रदान गरिने जनाएको छ । इनरुवामा सुरु भएको तेस्रो राष्टपति रनिगं शिल्ड प्रतियोगितामा तीन हजार बढी प्रतियोगितहरु विभिन्न खेलमा सहभागिता जनाएको आयोजकले जनाएको छ ।

१, इनरुवामा जिल्ला समन्वय समिति प्रमुख राजन मेहताले तेस्रो राष्टपति रनिगं शिल्डको उद्घाटन गर्नुहुदै ।

तस्विर ः जयकृष्ण यादव । इनरुवा