जयकृष्ण यादव । इनरुवा
इनरुवा, फागुन १२ गते । सुनसरीको दुहबी नगरपालिकामा सम्पन्न भएको पाचौं मेयरकप फुटबल प्रतियोगिताको उपाधी दुहबी ८ ले हात पारेको छ । दुहबी ६ लाई १–० गोल अन्तरले पछि पार्दै दुहवी ८ ले मेयरकपको उपाधी चुमेको हो । शुक्रबार सम्पन्न भएको फाइनल खेलमा ७१ औं मिनेटमा दुहबी ८ का खेलाडी सबिन रिजालले १ गोल गर्दै उपाधी हात पारेको छ । उपाधी पाएको टीमलाई प्रमुख अतिथी दुहबी नगरपालिकाका प्रमुख बेदनारायण गच्छदारले एक लाख २५ हजार रुपियाँ नगद तथा ट्रफि प्रदान गर्नुभयो । उपबिजेता दुहबी वडा नम्बर ६ लाई दुहबी नगरपालिकाकी उपमेयर मेनुका पोखरेल खतीवडाले ७५ हजार रुपियाँ नगद तथा ट्रफी प्रदान गर्नुभयो । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी दुहबी ६ का अजय गोश्वामी घोषित हुनुभयो । उहाँलाई दुहबी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत राजकुमार केसीले नगद ७ हजार रुपियाँ तथा ट्रफी प्रदान गर्नुभयो । फाइनल खेलको उत्कृष्ट खेलाडी दुहबी वडा नम्बर ८ का खेलाडी नबराज चौधरी घोषित हुनुभयो । उहाँले नगद २ हजार नगद तथा पदक पाउनुभयो । प्रतियोगिताभरका विभिन्न विधा तर्फका खेलाडीहरुलाई समेत पुरस्कृत गरिएको थियो ।

१, सुनसरीको दुहबी नगरपालिकामा सम्पन्न भएको पाचौं मेयरकप फुटबल प्रतियोगिताको उपाधी हात पारेको टिमलाई पुरस्कार वितरण गर्दै ।
तस्विर ः जयकृष्ण यादव । इनरुवा