जयकृष्ण यादव । इनरुवा
इनरुवा, फागुन १३ गते । इनरूवा नगरपालिका स्तरीय तेस्रो राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सनिबार भब्य रुपमा सम्पन्न भएको छ । फागुन १० गतेदेखि सञ्चान भएको राष्ट्रपती रनिङ शिल्ड प्रतियोगिता इनरुवाका कार्यवाहक प्रमुख विनिता कुमारी मेहताको अध्यक्षता तथा जिल्ला समन्वय समिति प्रमुख राजन मेहताको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो ।
प्रतियोगितामा विभिन्न खेल विधामा सबैभन्दा बढी इनरुवा ५ बलाहाको सूर्य किरण एकेडेमीले ७ स्वर्ण पदक सहित विभिन्न विधामा उत्कृष्ट नतिजा हासिल गरी उपाधी हात पारेको हो । उक्त विद्यालयले ६ वटा ट्रफी सहित रनिङ शिल्ड( चाँदी को इनार) जित्न सफल भएको प्रिन्सिपल मनोज कुमार यादवले जानकारी दिनुभयो ।
इनरूवा नगरपालिका स्तरीय तेस्रो राष्टियपती रनिङ सिल्डमा सूर्य किरण एकेडेमी इनरुवा ५ ले ७ स्वर्ण पदक सहित विभिन्न विधामा उत्कृष्ट नतिजा हासिल गरी ६ वटा ट्रफी सहित रनिङ शिल्ड( चाँदीको इनार) जित्न सफल भएको र स्कूलको गरीमा उच्च बनाउन सफल भएकोमा खेलाडी भाईबैहीनि तथा विधार्थीहरुलाई प्रिन्सिपल यादवले हार्दीक बधाई एवम् उत्तरोत्तर प्रगतिको कामना गर्नुभएको छ । फेसबुक पेजमा यादवले यो सफलतामा दिनरात सहयोग गर्नुहुने खेल शिक्षक सहित सम्पूर्ण शिक्षक, अभिभावक लगायत शुभचिन्तकहरु प्रति हार्दीक आभार व्यक्त गर्नुभएको छ ।
प्रतियोगितामा नवयुग एकेडेमी द्वितीय र बालमन्दिर मावि तृतीय स्थान प्राप्त गरेका छन् । विजयी प्रतियोगीहरु र विद्यालयलाई सिल्ड सहितको पुरस्कारको साथमा ट्रफी, मेडल, प्रमाणपत्र वितरण गरिएको प्रमुख प्रशासकिय अधिकृत दशरथ राईले जानकारी दिनुभयो । प्रमाण पत्र र सिल्ड वितरण कार्यक्रमको अवसरमा इनरुवाका कार्यवाहक प्रमुख मेहताले स्थानीय स्तरमा यस्तो खालको प्रतियोगिता सञ्चालन गर्दा नगर, जिल्ला स्तरीय हुँदै राष्ट्रिय स्तरसम्म खेलाडी उत्पादनमा टेवा पुग्ने बताउनुभयो ।

उता सम्पन्न राष्ट्रपति शिल्ड २०७९ को सरस्वती मावि इनरुवा ९ बबियाले २०० मिटर छात्र दौडमा नगर प्रथम, सटफुट र ज्याभलिंग छात्रा नगर तेस्रो, ८०० मिटर छात्र र छात्रा दौडमा नगर तेस्रो स्थान हासिल गर्न सफल भएकोमा शिक्षक देवकृष्ण यादवले फेसबुक मार्फत हार्दिक बधाई दिनुभएको छ । यादवले छात्र र छात्रा कवडीमा सेमिफाइनलसम्म पुग्न सफल भएकोमा विशेष धन्यवाद दिदै अरु स्कुलका कक्षा ११ र १२ का विद्यार्थीसगं गरेको प्रतिस्पर्धा दर्शकको मनमा बस्न सफल भएको दावी गर्नुभएको थियोे । विजयी विद्यार्थीहरुमा सुधिर यादव, मधु यादव, श्याम सरदार र अविका मेहतालाई बधाई तथा अगामी दिनको शुभकामना दिनुभएको छ ।


१, तेस्रो राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितामा प्रथम भएको इनरुवा ५ बलाहाको सूर्य किरण एकेडेमीका विजेताहरु ।
तस्विर ः जयकृष्ण यादव । इनरुवा