जयकृष्ण यादव । इनरुवा
इनरुवा, फागुन २७ गते । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकामा प्रथम अध्यक्ष कप फुटबल प्रतियोगिताको सबै तयारी पुरा भएको छ । कोशी प्रदेश सहित जिल्लाका ८ वटा टिमको सहभागितामा आईतबारबाट सुरु हुने प्रथम अध्यक्ष कप फुटबल प्रतियोगिताको सबै तयारी पुरा भएको आयोजक समितिका अध्यक्ष मुर्सिद आलमले जानकारी दिनुभयो । आलमले आफ्नो नेतृत्वमा अध्यक्ष कप फुटबल प्रतियोगिता उपभोक्ता समितिले सोहियारी खेलमैदानमा आयोजना गर्ने प्रतियोगिताको सबै तयारी पुरा भएको बताउनुभयो । आईतबार उद्घाटन खेलमा खोरिया फुटबल क्लब बराहक्षेत्र र गोल्डेन स्टार फुटबल क्लब दुहवीले प्रतिस्प्रधा गर्ने जनाएको छ । खेलमा आयोजक ११ भोक्राहा, इनरुवा स्पोटिंग क्लब, झुम्का फुटबल क्लब रामधुनी, सिमरिया फुटबल क्लब, बिराटनगर फुटबल एकेडेमी र राजाबास युथ क्लब सहितको टिमको सहयोगिता रहेको छ । आईतबारबाट प्रतियोगिता उद्घाटन हुने र चैत ५ गते समापन हुने आयोजकले जनाएको छ । प्रतियोगिताको बिजेताले शिल्ड सहित नगद ३५ हजार पाउने छ भने उपबिजेताले २० हजार प्राप्त गर्नेछ ।