जयकृष्ण यादव । इनरुवा
इनरुवा, चैत १० गते । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकाले नेपाल क्रिकेटका राष्ट्रिय टिमका खेलाडी दिपेश प्रसाद कंडेल र ललितनारायण राजवंशीलाई सम्मान गरिएको छ । शुक्रबार जिल्ला सदरमुकाम इनरुवामा गाउँपालिकाले एक कार्यक्रमको आयोजना गरी कडेल र राजवंशीलाई सम्मान गरेको हो । गाउँपालिकाका अध्यक्ष अजमल अख्तर आजाद, उपाध्यक्ष सुनिता उराँव र प्रमुख प्रशासयिक अधिकृतले जनही २० हजार १०० रुपियाँ नगद सहित दोसल्ला र सम्मान पत्रका साथ कडेल र राजवंशीलाई सम्मान गर्नुभएको हो ।


राजवंशी हालै सम्पन्न भएको डब्लूसीएल टु मा नेपाली राष्टिय टोलीको प्रतिनिधित्व गर्दै टोलीलाई टाप ३ मा पुर्याउनका लागि योगदान सहित वल्र्डकप क्वाईलिफायर राउण्डमा प्रवेश गर्न सफल भएकोमा सम्मान गरेको हो ।

त्यसैगरी कंडेलले हालै यूएईमा सम्पन्न अन्डर १९ विश्वकप छनौट प्रतियोगितामा ८ वर्षपछि विश्वकपमा पर्याउन सफल भएकोले सम्मान गरेको जनाएको छ ।
अध्यक्ष आजादले राष्ट्रिय टिमका खेलाडीलाई विश्वकपसम्मको यात्रामा योगदान र देशको पहिचान कायम गराउन सफल भएको भन्दै नगद र सम्मान पत्र सहित सम्मान गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार कोशी प्रदेशका खेलाडी दोयले गर्नुभएको योगदानले केही मात्रामा भएपनि स्थानीय तहमा भएका यस्ता खेलाडीलाई सम्मान गर्दा अन्य खेलाडीलाई पनि प्रोत्साहन मिल्ने भएकाले सम्मान गरिएको हो । ‘सम्मान समारोहमा अध्यक्ष आजादले खेल क्षेत्रमा खेलाडीको उज्वल भविष्यको कामना पनि गर्नुभयो । राष्ट्रलाई उहाँहरुले पु¥याएको योगदान कदर गरी सम्मान गरिएको बताउनुभयो ।


‘ कडेल र राजवंशी जस्ता खेलाडीलाई सम्मान गर्न पाउँनु हाम्रो लागि अहोभाग्य हो,’ उहाँले दुवैलाई सम्मानित गरेपछि भन्नुभयो,’ खेलाडीलाई गरिएको सम्मानले उहाँहरुलाई थप हौसला मिल्ने आशा गरेका छौ । ’ यस्ता कार्यले देशमा भएका अन्य खेलाडीलाई थप हौसला र प्रोत्साहन मिल्ने बताउनुभयो ।


सम्मानित हुनुभएका राजवंशीले सम्मान गर्ने भोक्राहा नरसिंहका जनप्रतिनिधिलाई धन्यवाद प्रकट गर्नुहुदै नेपाल र नेपाली क्रिकेटलाई माथि पु¥याउन हौसला प्राप्त भएको बताउनुभयो ।

१, सुनसरीको इनरुवामा नेपाल क्रिकेटका राष्ट्रिय टिमका खेलाडी दिपेश प्रसाद कंडेल र ललितनारायण राजवंशीलाई सम्मान गरेपछि र सम्मान गर्दै गरेको तस्विरहरु ।
तस्विर ः जयकृष्ण यादव । इनरुवा