नेपाल खेलकुद महासंघको आयोजनामा खेलकुद सप्ताह
जयकृष्ण यादव । इनरुवा
इनरुवा, वैशाख ६ गते । सुनसरी सदरमुकाम इनरुवामा खेलकुद सप्ताह हुने भएको छ । इनरुवामा खेलकुदको माध्यमबाट पहिचान स्थापित गर्न र स्थानीयस्तरमै खेलाडी उत्पादन गर्ने उदेश्यले खेलकुद सप्ताहको आयोजना गरिने भएको हो । नेपाल खेलकुद महासंघ इनरुवा नगर कमिटिको आयोजनामा खेलकुद सप्ताह बैशाख चौथौ हप्ताबाट गर्ने तयारी गरेको महासंघका इनरुवा अध्यक्ष सरोज बस्नेतले जानकारी दिनुभयो । बस्नेतले इनरुवामा आयोजित पत्रकार सम्मेलनमा नेपाल खेलकुद महासंघको आयोजनामा खेलकुद सप्ताह गर्ने तयारीमा जुटेको र त्यसमा फुटबल, भलिबल, क्रिकेट, चेस, खेलकुद हाजरिजवाफ, ब्याडमिन्टन, तेक्वान्दो, कराँते, एथलेटिक्स, टेवल टेनिस, महलिा दौड लगायतका खेलहरु समावेश गरिएको जानकारी दिनुभयो । नगरमा प्रतिभा र रुचि अनुसारका खेलाडी उत्पादन गर्न समेत फुटबल, भलिबल, क्रिकेट, चेस, ब्याडमिन्टन, तेक्वान्दो, कराँते, एथलेटिक्स, टेवल टेनिस, दौड लगायतका खेलहरु समावेश गरिएको बस्नेतको भनाई छ । नेपाल खेलकुद महासंघका केन्द्रीय अध्यक्ष पर्शुराम बस्नेतको प्रमुख आथित्यतामा आयोजना गरेको पत्रकार सम्मेलनमा खेलकुद सप्ताहले युवा, विधार्थी र महिलासमेतलाई प्रोत्सहन गर्ने प्रदेश सभा सदस्य रामप्रसाद मेहताले बताउनुभयो ।
देश सहित इनरुवाको खेलकुदलाई चलायमान बनाउनका लागि खेलकुद नागरिकको मौलिक अधिकार, समृद्धिका लागि जनस्वाथ्य हाम्रो सरोकार मुल नाराका साथ खेलकुत सप्ताहको गारी गरेको महासंघका केन्द्रिय सचिव विप्लप घोषले जानकारी दिनुभयो । खेलकुदले युवा तथा विद्यार्थीवर्ग देशका कर्णधार भएको चर्चा गर्दै अध्ययन अध्यापनसँगै खेलकुद गतिविधिले अनुशासन एवम् सामूहिक भावना विकास गर्न मद्दत गर्नुका साथै खेलकुदले मानसिक एवं शारीरिक रुपमा स्वस्थ रहन तथा व्यक्तित्व विकासमा समेत महत्वपूर्ण भूमिका निर्वाह गर्ने प्रमुख अथिति महासंघका अध्यक्ष पर्शुराम बस्नेतलले बताउनुभयो ।
१, नेपाल खेलकुद महासंघ इनरुवा नगर कमिटिको आयोजनामा हुने खेलकुद सप्ताहको जानकारी दिदै ।
तस्विर ः जयकृष्ण यादव । इनरुवा
