सुनसरीको इनरूवा नगरपालिका वडा नं.९ मा स्थानीय जनप्रतिनिधिहरु मात्रै नभई सहकारी संस्थाले समेत कागजमै कार्यक्रम गरेको खुलासा भएको छ । इनरुवा ९को साबिक बबिया–६ असरफी बाल बिकास केन्द्र,बबिया–७ को पोखरी चौकमा रहेको शिव मंन्दिरको सभाहलमा र बबिया–७ को सर्बोदय आधारभुत विधालयमा तीन दिने कार्यक्रम एकदिनमै गरेर कागजमै सम्पन्न गरेको खुलासा भएको हो । अधिकारकर्मी गंगाराम खत्वेले फेसबुकमा लेखेको अनुसार तीन स्थानमा सञ्चालन गरेको तालिममा सहभागिहरूले तीन ।

तीन दिने तालिम १÷१ दिनमै शुभारम्भ र समापन गरिएको पाइएको छ । कार्यक्रम एक दिनमै सकिएको भएपनि सबै सहभागीहरूसंग ३÷३ (तीन दिन)मा हसताक्षर गराईएको र कागजमै कार्यक्रम सकेको खुलासा भएको छ । सस्तो लोकप्रियता पाउने काम गरेको भएपनि साना किसान लधुबित्त बित्तिय संसथा लि. र बाणिजय बचत तथा ऋण सहकारी ससथा लि.बीचमा समझौता गरि सचेतना र अभिमुखिकरण गर्नुपर्नेमा गाउँका अशिक्षित सिधासोझा,ग्रामिण महिलाहरूलाई झुक्याएर यसतो तालिम समापन गरेकोले सम्बन्धित सरोकारवाला निकायको ध्यानाआर्कषण गराएको खत्वेले उल्लेख गर्नुभएको छ । सहभागीहरू सबैले पाउने सबै सेबासुबिधा पुनःपाउनु पर्ने, कार्यक्रममा पारदर्शिता हुनुपर्ने नभए सहभागीहरू मिलेर सिडियो कार्यालय सुनसरी ,अखतियार दुरूपयोग अनुसंन्धान आयोगको कायालय ईटहरी र राष्टिय सत्रर्कता केन्द्र काठमाडौमा र नेपाल सरकार उधोग बाणिजय तथा आपुत्र्ति मन्त्रालय, ग्रामीण उधम तथा विप्रेषण आयोजना (समृद्वि) इटहरी सुनसरीमा उजुरी दिई छानबिन गर्नुपर्ने चरणमा जान सक्ने चेतनावी दिनुभएको छ ।