जयकृष्ण यादव । इनरुवा
इनरुवा, बैशाख १४ गते । मिथिला साहित्य र संस्कारसंग जोडिएको मैथली भाषाको गीत मिथला के बेटी गित सग्रह सार्वजनिक गरिएको छ । अपन स्वर्ग नेपाल कला संस्कृति केन्द्रिय कार्यालयको आयोजनामा सुनसरी सदरमुकाम इनरुवामा मैथली भाषामा गायक तथा कलाकार झोटन मेहता, गायिका नम्रता सिंह खवास र नायीका सुस्मिता पाण्डे सहितको सकृयतामा शुक्रबार मिथला के बेटी गीत सग्रह सार्वजनिक गरीएको हो । पूर्व नेपाल प्रहरी समेत रहनुभएका गायक मेहताले मैथली भाषामा कोशी प्रदेशमै पहिलो पटक मैथली समुदायको जनजिवन र छोरीको भुमिका तथा विवाहका बारेमा अभिनय गरिएको र गीत गाएको मिथला के बेटी गीत संग्रहमा चर्चा गरिएको छ ।

https://fb.watch/rHkJyaeIh4

गितको इनरुवा नगरपालिकाका प्रमुख केदार भण्डारी र बरिष्ठ साहित्यकार छविनाथ रिजालले बिमोचन गर्नुभएको थियो । सार्वजनिक गरेको गीतमा आधारित फिल्म समेतको अन्तिम तयारी गरिएको र जेठ १ गते उक्त फिल्म रिलिज गर्ने गायक तथा नायक मेहतालाई उदृत गर्दै समाजसेवी एसएन मेहताले जानकारी दिनुभयो ।
यसैबीच साहित्य र गीतका माध्यमबाट समाजमा योग्दान गर्नेहरुलाई सम्मान गरेको छ । साहित्य तथा पत्रकारिताको क्षेत्रबाट गोरखापत्र दैनिकका जयकृष्ण यादव र सत्य संसार पत्रिकाका देवराज यादवलाई सम्मान गरेको जनाएको छ । त्यसैगरी कलाकार गायक झोटन मेहता, गायिका नम्रता सिंह खवास र नायीका सुस्मिता पाण्डे, पुरन भिलेन सहित १५ जनालाई अपन स्वर्ग नेपाल कला संस्कृति केन्द्रिय कार्यालय सुनसरीले सम्मान गरेको थियो । कार्यक्रममा नगर प्रमुख केदार भण्डारी, इनरुवा ५ का वडा अध्यक्ष अनिल पोखरेल सहितकाले साहित्य र गीतमा इनरुवालाई चिनाउने काम कलाकारहरुले गरेकोमा प्रसंशा व्यक्त गर्नुभयो ।

१, सुनसरीको इनरुवामा े मिथला के बेटी गित सग्रह सार्वजनिक गर्दै आयोजना गरिएको कार्यक्रम ।
तस्विर ः जयकृष्ण यादव । इनरुवा