पदभार ग्रहण गरेको एक वर्ष वित्दा समेत सन्तोशजनक काम नगरेको भन्दै युवाहरुले गरे खबरदारी

सुनसरीको इनरुवा नगरपालिकामा निर्वाचित जनप्रतिनिधिहरुले पदभार ग्रहण गरेको एक वर्ष वित्दा समेत खासै सन्तोशजनक काम नगरेको भन्दै युवाहरुले दबाब स्वरुप खबरदारी गरेका छन् । दजर्नौ युवाहरु इनरुवाको लोकतान्त्रिक इनार चौकमा सडकमै बसेर स्नथानीय सरकार एक वर्षमा के गर्नुभयो ? विकास कति भयो ? विकास खोई ? बाचा गरेको कती पुरा गर्नु भयो ? लगायतका प्ले कार्ड पर्दशन गरेका छन् ।

जनता समाजवादी पार्टी नेपालका इनरुवाका मेयरका प्रत्यासी दिलिपचन्द साहु, शिक्षित युवा राकेश निरौला, सबिस पोखरेल, रामकुमार यादव सहितको अगुवाईमा युवाहरुले दबाब स्वरुप खबरदारी गरेका हुन् । सहभागीहरुले जनताबाट निर्वाचित भएर पदभार ग्रहण गरेको एक वर्ष वित्दासम्म किन काम नभएको, भ्रष्टाचार किन बढेको प्रश्न गरेका थिए । यहाँ प्रत्येक वडामा काम भन्दा कुरा र भाषणमै बजेट कुम्लयाउने काम भएको आरोप लगाएका छन । कतिपय जनप्रतिनिनिधिहरु पारिवारिक भ्रमण देशभरी ठाउँठाउँमा गरेकाले भन्दै आर्थिक पारदर्शिता र पारदर्शिता सहितको विकासको माग गरेका छन् ।
