सुनसरी सदरमुकाम इनरुवाकी साहित्यकार टिका सिवाकोटी आचार्यको जन्मोत्सवको अवसरमा साहित्यकारहरुले शुभकामना सहित सम्मान गरेको छ । सिर्जनामा इनरुवाको अगुवाई भुईमान्छे कविता संग्रहका लेखक कबि टिका सिवाकोटी आचार्यको जन्मोत्सवको अवसरमा उहाकै निबासमा जन्म दिनको शुभकामना, बधाई सहित सम्मान गरेको हो । साहित्यकारहरुले फुलमाला, अबिर, खादा लगाएर कवि आचार्यलाई उहाँको जन्मोत्सवको अवसरमा सम्मान गर्दै प्रगती, विकास, समृद्धि र दिर्घायुको कामना सहित बधाई ज्ञापन गरेका छन् ।


जन्मोत्सवका अवसरमा सिर्जनामा इनरुवाका साहित्यिक मनहरुले आचार्यलाई उहाँको कृतिको बाचन सहित सम्मान गर्दै शुभकामना दिएको सहभागी साहित्यकार पुरुषोत्म घिमिरेले जानकारी दिनुभयो ।


साहित्य लगायत विभिन्न विधामा उल्लेखनीय योगदान पु¥याउनु भएको र केही दिनमा अमेरिका जान लाग्नुभएकोले सिर्जनामा इनरुवाको तर्फबाट जन्मोत्सवको अवसरमा शुभयात्रा सहित सम्मान गरेको थियो । जन्मोत्सवको अवसरमा साहित्यकारहरु भरत गुरागाई बर्बरिक , रमेन्द्र कोईराला, लिलानाथ सिलवाल, विमला पोखरेल, कान्ता पोखरेल भट्टराई, राधा सुवेदी, यशोदा आचार्य, आशुतोश आचार्य, कविका पती नोदराज आचार्य, पत्रकार जयकृष्ण यादव सहितले जन्मदिनको शुभकामना दिनुभएको थियो । कार्यक्रममा परिवारका सदस्यहरु, छिमेकीहरु र सामाजिक अगुवा सहित पूर्व उपप्रमुख जमुना गौतम पोखरेल सहितले शुभकामना दिनुभएको थियो ।

सिर्जनामा इनरुवाका सदस्य रहनुभएका आचार्यलाई दिर्घ जीवन र प्रतगिको कामना सहित अमेरिका प्रस्थान केही दिनमा गर्ने भएकाले यात्रा सुखद होस भनेर शुभकामना दिएका थिए ।