इनरुवा, जेठ १४ गते । सुनसरीको सीमावर्ती देवानगञ्ज गाउँपालिकाले शैक्षिक सुधारका लागि शिक्षामा नयाँ अध्यायको सुरुवात गरेको छ । देवागनञ्ज गाउाँपालिकामा रहेका विद्यालयहरुमा नियमित र स्तरीय शिक्षा नभएको भन्दै शिक्षा सुधारको अभियान थालेको हो । विद्यालयहरुमा विधर्थीको संख्या दिनप्रतिदिन कम हुदै गएको अवस्थालाई ध्यानमा राखेर गाउँपालिकाका अध्यक्ष बेचन प्रसाद मेहताले शैक्षिक सुधारका लागि शिक्षामा नयाँ अध्यायको सुरुवात गरेको बताउनुभएको छ । देवानगञ्ज गाउँपालिकाका अध्यक्ष मेहताको पहलमा विद्यालयहरुको अवस्था सुधार अभियान थालेको भन्दै स्थानीयले प्रसंशा गरेका छन् । मेहताकै योजना अनुरुप देवानगञ्ज वडा नम्बर ६ को श्री फोचो दास अधारभुत विद्यालयमा शिशु देखि कक्षा एकसम्म अंग्रेजि माध्यमाबाट यसैपाली पठनपाठन सुरु भएको छ ।


देवनागञ्ज वडा नम्बर ६ का वडा अध्यक्ष हरिन्दन मेहताको पहलमा जिर्ण रहेको विद्यालयबाट परिर्वतको सुरुवातसंगै अंग्रेजी माध्यमको पढाई सुरु भएकाले अभिभावकहरु खुसी भएका छन । शुक्रवार एक कार्यक्रमको बीच अंग्रेजी माध्यको पठनपाठन कार्यको उद्धघाटन गरिएको जनाएको छ । कार्यक्रममा अध्यक्ष बेचन प्रसाद मेहता, उपाध्यक्ष कुमारी विभा यादव। वडा अध्यक्षहरु जगनरायण मेहता, हरिन्दन मेहता, स्थानीय समाजसेवी, अभिभावक, विद्यार्थीहरुको उपस्तिी रहेको थियो ।
कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष मेहताले देवानगञ्ज गाउँपालिकाले शिक्ष क्षेत्रमा सुधारकै लागि केही शिक्षकहरुलाई आन्तरीक सरुवा गरिएको बताउनुभयो । उहाँले शिक्षकै कारणले शिक्षा क्षेत्रमा कमि कमजोरी बढेकाले जनगुनासो र अध्ययन तथा अनुगमन गरि त्यसलाई सुधार गर्दै लैजाने क्रममा शिक्षक सरुवा गरेको बताउनुभयो ।


मेहताले फोचो दास अधारभुत विद्यालयमा केही राजनितिक दलहरुले गाउँपालिकाले गरेको शिक्षक सरुवालाई राजनितिक मुदा बनाएको तर आफूहरुले अभिभावक र विधार्थीको हितका लागि काम गरेको बताउनुभयो । वहाँले राजनितिक दलहरुले विरोध गर्नु भन्दा पहिले गाउँपालिकाको शिक्षा क्षेत्रको अवस्था कस्तो रहको छ ? भनेर कहिले हेर्नु भएन र हामीले केही गर्न खोज्दाँ बिरोध गर्नु राजनितिक स्र्वाथ पुरा गर्न मात्र रहेको दावी गर्नुभयो । फोचोदास अधारभुत विद्यालय पूर्णरुपमा अस्तव्यस्त रहेको अवस्थामा विद्यालयमा कार्यरत शिक्षकलाई सरुवा गरी केही नयाँ शिक्षकलाई पठाएपछि अहिले विद्यालयको अवस्था धेरैनै सुधार भएको उहाँको दावी छ । उहाँले नमुना विद्यालय बनाउने अभियान अन्र्तगत पहिलो चरणमा यसै विद्यालयबाट नमुना पठनपाठन सुरुवा गरेको बताउनुभयो ।


गाउँपालिका सातै वटा वडाका एकएक वटा विद्यालय नमुना विद्यालय बनाउने गाउँपालिकाको अभियान रहेको समेत बताउनुभयो । कार्यक्रममा बोल्दै गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत रामराज पौडलेले शिक्षकहरूले नियमित रूपमा पठनपाठन गरेको नरेको निगरानी गर्न सम्पूर्ण अभिभावहरूमा आग्रह गर्नुभयो । अभिभावकहरूलाई नियमित रूपमा विधार्थीहरू विधालय पठाएर सहयोग गर्न सुझाव दिनुभयो । सोही कार्यक्रममा वडा नम्बर ६ का वडा अध्यक्ष हरिन्दन मेहताले गाउँपालिकाले गरेको कार्य प्रसंनिय रहेको र शिक्षा क्षेत्रमा आफ्नो वडाबाट नमुना विधालयको सुरूवात भएकोले आफूलाई खसी लागेको बताउनुभयो । कार्यक्रममा सहभागी अभिवाकहरूले पचास वर्ष पुरानो स्कुललाई पुनः नयाँ स्वरूप दिएर सुरूवात गरेकोमा गाउँपालिका अध्यक्ष बेचन प्रसाद मेहतालाई धन्यवाद ज्ञापन गर्नुभएको थियो ।