सितल यादव


इनरुवा,जेठ १५ गते । सुनसरी सदरमुकाम इनरुवामा गणतन्त्र दिवशको अवसरमा विभिन्न कार्यक्रम गरिएको छ । सोही गणतन्त्र दिवशको अवसरमा इनरुवा नगरपालिका ९ बबियाको सरस्वती माविमा दलित तथा गरिब, विपन्न र जेहेन्दार विधार्थीहरुलाई स्टेस्नरी वितरण तथा सम्मान कार्यक्रम सम्पन्न गरिएको छ । विद्यालय क्षेत्रका इमान्दार अभिभावक, विधार्थी तथा प्रतिनिधिहरुको उपस्थितिमा ४५ जना विधार्थीलाई स्टेस्नरी वितरण गरिएको जनाएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जयकृष्ण यादवले आफ्नो केही साथीहरुको सहयोगमा ४५ जना विधार्थीलाई स्टेस्नरी वितरण गरिएको विद्यालयले जनाएको छ । अध्यक्ष यादवले विद्यालय व्यवस्थापन समितिमा आएदेखी दुई पटक स्टेस्नरी वितरण र एक पटक विद्यालयलाई आफ्नै व्यत्तिगत पंखा हस्तान्तरण गर्नुभएको छ । सोमबार १६ औं गणतन्त्र दिवशको अवसरमा सरस्वती मावि बबिया, इनरुवा ९ सुनसरीमा ४५ जना विधार्थीलाई स्टेस्नरी वितरण तथा २२ जना अभिभावकलाई सम्मान गरिएको जनाएको छ । अभिभावक तथा विधार्थीलाई जनही तीन थाप कपि र एक थान डटपेन सहित स्टेस्नरी हस्तान्तरण गरिएको थियो ।


दिवशको अवसरमा आयोजीत कार्यक्रमका प्रमुख अथिति गोरखापत्र दैनिकका उराँव भाषा पृष्ट संयोजक एवम् उराँव आदिवासी जनजाती प्रतिष्ठानका अध्यक्ष बेचन उराँवले गणतन्त्र दिशवको अवसरमा विधार्थीलाई स्टेस्नरी वितरण गर्ने कार्य प्रसशनीय रहेको बताउनुभयो ।

उराँवले आफूले पनि सीमान्तकृत, दलित तथा गरिब, विपन्न र जेहेन्दार विधार्थीहरुलाई उत्थान गर्न तथा प्रोत्साहन गर्न केही स्टेस्नरी सहयोग गरेको बताउनुभयो । सम्पन्न भएको कार्यक्रमका विषेश अथिति गैरसरकारी संस्था महासंघका सुनसरी अध्यक्ष मेघराज न्यौपानेले बास्तिविक लक्ष्ति समुदायका बालबालिकाहरुलाई स्टेस्नरी वितरण गरेर गणतन्त्र दिवशको सन्देश प्रवाह गरेकोमा विद्यालय परिवार प्रति अभार व्यक्त गर्नुभयो । न्यौपानेले विद्यालयलाई शान्ती क्षेत्रको रुपमा स्थापित गर्न र राजनितिक हस्तक्षेपबाट मुक्त गर्न आवश्यक भन्दै दिवशको अवसरमा शुभकामना दिनुभयो । विद्यालयका प्रधानाध्यापक श्यामदेव मेहताले अगामी बाल दिवशमा आफूले पनि व्यक्तिगत लगानीमा नियमित विद्यालय आउने दलित तथा गरिब, विपन्न र जेहेन्दार विधार्थीहरुलाई २०० थान कपि वितरण गर्ने घोषणा गर्नुभयो । मेहताले अध्यक्ष यादवले स्टेस्नरी वितरण तथा सम्मान कार्यक्रम गरेर विद्यालयलाई योगदान गरेको र आफूलाई पनि सहयोग गर्न प्रेरित गरेकाले २०० थान कपि वितरण गर्ने घोषणा गरेको बताउनुभयो । सम्पन्न गरिएको कार्यक्रममा कक्षा १ देखी १० सम्मका प्रथम विधार्थी सहित विपन्न र इनरुवा ४ नम्बर वडाका सबै विधार्थीलाई कपि डटपेन वितरण गरेको थियो । दिवशको कार्यक्रममा इनरुवा ४ का वडा अध्यक्ष बौवालाल मेहताले ५० थान, प्रमुख अथिति गोरखापत्र दैनिकका उराँव भाषा पृष्ट संयोजक एवम् उराँव आदिवासी जनजाती प्रतिष्ठानका अध्यक्ष बेचन उराँवले ५० थान र अधिकारकर्मी हजरत हुसेनले ५० थान कपि सहयोग गर्नुभएको थियो ।
स्टेस्नरी वितरण कार्यक्रमको सञ्चालन विद्यालयका शिक्षक देवकृष्ण यादवले गर्नुभएको थियो भने अध्यक्षता प्रधानाध्यापक श्यामदेव मेहताले गर्नुभएको थियो । सहयोगी तथा विषेश अथिति विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जयकृष्ण यादवले आफ्नो कार्यकालमा शैक्षिक गुणस्तर कायम गर्दै, सुशासन, पारर्दिशता, जवाफदेहिता र कक्षा १२ सम्मको पढाई सुनिश्चित हुने बताउनुभयो ।

यादवले एक आध विरोधीहरु र शिक्षाको विकास हेर्न नचाहने भ्रष्टाचारीहरुले बाधअवरोध गरेपनि अभिभावकको माया, स्नेह र सदभाव तथा शिक्षकहरुको लगनशिलताले शैक्षिक गुणस्तर कायम हुने विश्वास व्यक्त गर्नुभयो । यादवले आफूलाई भ्रष्ट मानसिकताका एकआध पात्र असहयोग र बाधा पूर्याएपनि धेरै अभिभावक, विधार्थी र साथीहरुको सहयोगले काम गर्न सहज रहेको बताउनुभयो । उहाँले आफू पदमा रहेसम्ममा एक रुपियाँ पनि भ्रष्टाचार हुन नदिने र सहन समेत नसक्ने भन्दै १० रुपियाँ भन्दा बढी खर्च गरेको सबैको विलभरपाई प्रत्येक नागरिकले हेर्न र सोही अनुसारको काम वा सामग्री आए नआएको जाच्न समेत अपिल गर्नुभयो । विद्यालयमा विगतमा भएको भ्रष्टाचारको पनि सुक्षम छानविन गर्नुपर्ने गर्ने र आफ्नो कार्यकालमा घरबाट सक्दो सहयोग गर्ने तर विद्यालयको चिया समेत नखाने घोषणा गर्नुभयो ।
यादवले छिट्टै सामाजिक परीक्षण तथा सार्वजनिक सुनुवाई समेत विद्यालयले नै गर्ने भएकाले अभिभावकहरुलाई प्रश्न, आलोचना र सुझाव पेश गर्न अपिल गर्नुभयो ।


१, सुनसरीको इनरुवा नगरपालिका ९ बबियाको सरस्वती माविमा १६ औं गणतन्त्र दिवशको अवसरमा स्टेस्नरी वितरढा गर्दै ।
तस्विर ः देवकृष्ण यादव । इनरुवा

यादवले जानकारी दिएका अनुसार पुरुस्कार पाएको बिद्यार्थी कक्षा १० प्रथम बिद्यार्थी सितल कुमार यादव, कक्षा ९ का किरण कुमारी यादव ,कक्षा ८ का श्रवण कुमार मेहता, कक्षा ७ का रोशनी यादव, कक्षा ६ का दिव्यंशु मेहता , कक्षा ५ का रोशनी मेहतालाई शैछिक सामग्री वितरण गरिएको छ ।