जयकृष्ण यादव । इनरुवा
इनरुवा, असोज २७ गते । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकामा सम्पन्न भएको प्रथम जिल्ला स्तरिय कबर्डी प्रतियोगिताको उपाधी इनरुवा कबर्डीले चुमेको छ । सनिबार सम्पन्न प्रतियोगिताको उपाधि इनरुवा नगरपालिकाको इनरुवा कबर्डी टिमले चुमेको आयोजक जनता युवा क्लवले जनाएको छ ।


प्रतियोगिताको उपबिजेता अर्थात दितिय आयोजना भोक्राहा नरसिंह गाउपालिकाको जनता क्लव र तृतिय देवानगञ्ज गाउँपालिकाको देवानगञ्ज टिम भएको छ । उपाधी चुमदै प्रथम इनरुवा, उपविजेता भएको द्धितिय भोक्राहा नरसिंह र तृतिय देवानगञ्ज टिमलाई क्रमशः १६ हजार, १० हजार र तीन हजार नगद, सिल्ड र प्रमाण पत्र कार्यक्रमका प्रमुख अथिति कोशी प्रदेश सभा सदस्य हाजि इसराइल मन्सुरीले प्रदान गर्नुभएको थियो । सिल्ड, नगद र प्रमाण पत्र वितरण कार्यक्रममा नेपाली काग्रेंसका स्थानीय नेता राजेन्द्र मेहता, सुनिलकुमार साह, भोक्राहा नरसिंह ५ का वडा अध्यक्ष हबिब मंसुरी, ६ का वडा अध्यक्ष सेराजुद्धिन अंसारी सहितको उपस्थिती रहेको थियो । खेलमा जिल्लाको १२ वटा स्थानीय तहका १२ वटा कबर्डी टिमको सहभागीता रहेको थियो ।

१, प्रथम जिल्ला स्तरिय कबर्डी प्रतियोगिताको उपाधी चुमेको इनरुवा कबर्डी टिमलाई प्रमुख अथिति कोशी प्रदेश सभा सदस्य हाजि इसराइल मन्सुरीले पुरस्कार प्रदान गर्नुहुदै ।
तस्विर ः जयकृष्ण यादव । इनरुवा