इनरुवा, कार्तिक १० गते । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकामा प्रथम कोशी प्रदेश सभामुख कपको तयारी पुरा भएको छ । समाज विकास केन्द्र, नेपालको आयोजनामा कार्तिक १५ गते देखि २२ गतेसम्म हुने प्रथम कोशी प्रदेश सभामुख कपको सबै तयारी पुरा भएको हो । आयोजकले भोक्राहा नरसिंह–४ जामिआ खेलमैदानमा गर्न लागेको प्रथम कोशी प्रदेश सभामुख कप–२०८० फुटबल प्रतियोगितामा ८ वटा टिमको सहभागिता रहने खेल तालिका समेत सार्वजनिक गरेको छ ।

प्रथम कोशी प्रदेश सभामुख कपमा आयोजक समाज विकास केन्द्र सहित इनरुवाको मधेसा क्लव, इनरुवा फुटबल क्लव, इटहरीको मधेली क्लव, शान्ती युवा स्पोर्टिग क्लव, रामधुनीको रामधुनी युवा क्लव, बराहक्षेत्रको राजाबास क्लव, दुहवीको सिमरिया क्लव गरि ८ वटा टिमको सहभागिता रहने जनाएको छ । उपाधी पाउने टिमले २५ हजार रुपियाँ, सिल्ड, मेडल र प्रमाण पत्र तथा उपविजेता टिमले १५ हजार रुपियाँ, सिल्ड, मेडल र प्रमाण पत्र पुरस्कार पाउने आयोजक समितिका सेराज हुसेनले जानकारी दिनुभयो ।
सत्य संसार साप्ताहिकबाट