सुरेन्द्र कुशवाहा । मध्यहर्षाही
इनरुवा, कार्तिक १० गते । सुनसरीको देवानगञ्ज गाउँपालिका १ स्थित मध्यहर्षाहीमा सुरु भएको तीन दिने कुस्ती प्रतियोगिता शुक्रबार सम्पन्न भएको छ । दुर्गा पुजा मेला व्यवस्थापन समितिको आयोजनामा स्थानीय जनता माध्यमिक विद्यालयको खेल मैदान सम्पन्न भएको प्रतियोगितामा नेपाल र भारतका कुस्ती खेलाडी पहलमानहरुको सहभागीता रहेको थियो ।
प्रतियोगितामा ५० केजीदेखी १३० केजीसम्म तौल उमेर समूहका बिक्की पहलमान, रामु पहलमान, सोनु पहलमान, रिजवान गणी, मोहित पहलमान, कल्कु पहलमान, भेसा पहलमान, मोन्टी पहलमान, रबी पहलमान, कालु पहलमान, रितेश पहलमान, सोभितकुमार यादव, सतिश कुमार यादव, लक्की थापा, भरत कुमार,बाबा लाडी, ओमकार पहलमान, समसेर पहलमान सहित १९ टजोडीमा ३८ पहलमानहरुले कुस्ती खेल्नुभएको थियो । प्रतियोगितामा भारतको राजधानी दिल्ली सहित बनारस, जम्मुकसमिर, विहार, लखनौ, राजस्थान, पंजाव सहितका राज्यका र नेपालको पर्सा, विरगञ्ज, सुनसरी र सप्तरीका पहलमानहरुले कुस्ती प्रदर्शन गर्नुभएको थियो ।
प्रतियोगिताको समापन गर्दै कोशि प्रदेश सभा सदस्य रामप्रसाद मेहताले लोप हुन लागेको कुस्ती खेलको संरक्षण गर्न प्रतियोगिता आयोजना गरिएकोमा खुसी व्यक्त गर्नुभयो । कार्यक्रममा नेपाली कांग्रेसका नेता श्यामलाल मेहता, देवानगञ्ज १ का वडा अध्यक्ष सूर्यनारायण पाल लगायत स्थानीय नेताहरुको उपस्थिती रहेको थियो । कार्यक्रममा नेपाल र भारतका नाम चलेका पहलमानहरुको प्रस्तुती रहेकाले सुनसरीका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डे, प्रहरी उपरीक्षक विपिन रेग्मी सहित सुरक्षा अधिकारीहरुले पनि अवलोकन गर्नुभएको थियो । तीन दिनमा ५० हजार बढी दर्शकहरुले कुस्ती खेल अवलोन गरेको र मनोरञ्जन उठाएको आयोजक समितिका अध्यक्ष सूर्यनारायण मेहताले बताउनुभयो ।


१, सुनसरीको देवानगञ्ज गाउँपालिका १ स्थित मध्यहर्षाहीमा सम्पन्न भएको तीन दिने कुस्ती प्रतियोगितामा प्रतियोगि पहलमान तथा दर्शकहरु ।
तस्विर ः सुरेन्द्र कुशवाहा । मध्यहर्षाही

सत्य संसार साप्ताहिकबाट