सुनसरीको इनरुवाका कवड्डी खेलाडीहरुले बबियाको भगवती मन्दिरमा शुक्रबार बोका बली दिएका छन् । हालै सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकामा सम्पन्न भएको जिल्ला स्तरिय कबड्र्डी प्रतियोगितामा उपाधि चुमेको खुसीयालीमा इनरुवा नगरपालिकाको कबड्र्डी टिमले भगवती मन्दिरमा बोका बली दिएका हुन् । खेलाडी सहित कोचहरु र कवड्डीका अन्तराष्ट्रिय रेफ्री तरुण कुमार यादव सहितको उपस्थितीमा भगवती मन्दिरमा बोका बली दिएर बहुसांस्कृतिक पार्कमा प्रसाद वितरण तथा बनभोज गरेका छन् । खेलाडीहरुले उपाधीसगैं पाएको नगदको पर्वमा सदुपयोग गरेको र एकआपसमा शुभकामना साटासाट सहित बली दिएको टिमले जनाएको छ । भगवती मन्दिरमा शुक्रबार बोका बली दिएर उपहारको सही सदुयोग गरेकोमा विद्यालय व्यवस्थापन समिति महासंघ इनरुवाका अध्यक्ष जयकृष्ण यादवले बधाई तथा शुभकामना दिनुभयो । भगवती मन्दिरको अगाडी २०८० कार्तिक १० गते विहान गरेको कार्यक्रममा यादवले सबै खेलाडीको मनोवल उच्च पार्न र थप खेलहरुमा विजयीका लागि अग्रिम शुभकामना दिनुभयो । अन्तराष्ट्रिय रेफ्री तरुण कुमार यादवले कवड्डीमा इनरुवाको टिम प्रदेश र दैशमै अवसर पाउदाँ राम्रो प्रदर्शन गरेको भन्दै खेलाडीको प्रसंसा सहित शुभकामना दिनुभयो ।

तस्विरमा ः अन्तराष्ट्रिय रेफ्री तरुण कुमार यादवका साथमा खेलाडी र पत्रकार तथा अन्य सरोकारबालाहरु ।