जयकृष्ण यादव । इनरुवा
इनरुवा, कार्तिक १५ गते । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकामा प्रथम कोशी प्रदेश सभामुख कपको बुधबार उदघाटन भएको छ । बुधबारको उद्घाटन खेलामा रामधुनीको रामधुनी युवा क्लव झुम्कालाई शुन्यको विरुद्ध १ गोलले पराजित गर्दै बराहक्षेत्रको राजाबास क्लव सेमीफाईनलमा प्रवेश गरेको छ ।
विहीबारको खेल इनरुवा फुटबल क्लव र इटहरीको शान्ती युवा स्पोर्टिग क्लव बीच हुने आयोजक समाज विकास केन्द्र, नेपालले जनाएको छ । पहिलो खेलमा जित हात पारेको राजाबास १७ गतेको विजतेसंग १९ गते प्रतिस्प्रधा गर्नेछ ।
समाज विकास केन्द्र, नेपालले आयोजना गरेको प्रथम कोशी प्रदेश सभामुख कपको उद्घाटन प्रदेश सभा सदस्य हाजी इसराईल मंसुरीले गर्नुभएको हो । समाज विकास केन्द्रको आयोजनामा कार्तिक २२ गतेसम्म हुने सभामुख कपमा आयोजक टिम समाज विकास केन्द्र सहित इनरुवाको मधेसा क्लव, इनरुवा फुटबल क्लव, इटहरीको मधेली क्लव, शान्ती युवा स्पोर्टिग क्लव, दुहवीको सिमरिया क्लव गरि ८ वटा टिमको सहभागिता रहेको आयोजक संस्थाका अध्यक्ष सेराज हुसेनले जानकारी दिनुभयो । उपाधी पाउने टिमले २५ हजार रुपियाँ, सिल्ड, मेडल र प्रमाण पत्र तथा उपविजेता टिमले १५ हजार रुपियाँ, सिल्ड, मेडल र प्रमाण पत्र पुरस्कार पाउनेछ । आयोजक समितिका अध्यक्ष सेराज हुसेनले स्थानीयस्तरमा खेलाडी उत्पादन, प्रोत्साहन र युवाहरुलाई कुलत तथा दुव्र्यसनबाट मुक्ती गर्नका लागि कप फदायी हुने जानकारी दिनुभयो ।


१, सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका ४ स्थित जामिया खेल मैदानमा प्रतिस्प्रधा गर्दै रामधुनी र राजाबास ।
तस्विर ः ===== यादव । इनरुवा