इनरुवा, कार्तिक २२ गते । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकामा पहिलो वडा अध्यक्ष कप–२०८० को तयारी पुरा भएको छ । गाउँपालिका क्षेत्रका ८ वटा टिमको सहभागितामा हुने पहिलो वडा अध्यक्ष कपको तयारी पुरा भएको आयोजक अब्वान युवा उत्थान केन्द्रले जनाएको छ । भोक्राहा नरसिंह गाउँपालिका ४ को संयोजनमा हुने पहिलो वडा अध्यक्ष कपको सबै तयारी पुरा भएको बुधबार पत्रकार सम्मेलन गरि जानकारी दिएको हो । विहीबारबाट सुरु हुने कपमा उपाधि चुम्नेले ३० हजार रुपियाँ नगद र उपबिजेताले २० हजार नगद सहित पुरस्कार, प्रमाण पत्र र सिल्ड पाउनेछ । पत्रकार सम्मेलन गरि पहिलो वाडा अध्यक्ष फुटबल कप प्रतियोगिता २०८० खेल हुन गाइरहेकोले उक्त खेलमा सम्पुर्ण भोक्राहा नर्सिङ गाउँपलिकाका ८ वाडका महानुभावहरुलाई उक्त खेलको उद्घघाटन समह्रोमा सहभागी भइ दिनु हुनका लगि अवाम युवा उत्थान केन्द्रको तर्फबाट हार्दिक अनुरोध गर्दछौ।


मिति :- २०८०/०७/२३ बिहीबार
समय:- दिउँसो २:०० बजे देखि
स्थान :- भोक्राहा नर्सिङग ०४ ( साबिक ०७ ) इद्ग्गाह खेल मेदान झुलुङ्गे पुल्को अगाडि.