जयकृष्ण यादव । इनरुवा
इनरुवा, कार्तिक २२ गते । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकामा सम्पन्न प्रथम कोशी प्रदेश सभामुख कप–२०८० को उपाधी इटहरीले उचालेको छ । बुधबार भएको फाईनल खेलमा सिमरीया क्लव दुहवीलाई १ को विरुद्ध ३ गोल अन्तरले पराजित गर्दै शान्ति युवा स्पोर्टिङग क्लब इटहरीले उपाधी हात पारेको हो । प्रतिस्प्रधात्मक खेलमा सिमरीया युवा क्लवले हाफटाईम पछी सान्तना गोल गरे भने शान्ति युवा स्पोर्टिङग क्लब इटहरीले हाफ अगाडी १ गोल र हाफटाईमपछि २ गरेर उपाधी चुमेको हो ।


फाइनलमा उपाधी चुमेको शान्ती युवा स्पोर्टिङ क्लबले २५ हजार रुपियाँ नगद, सिल्ड र प्रमाण पत्र तथा उपबिजेता बनेको सिमरियाले १५ हजार नगद सहित पुरस्कार, प्रमाण पत्र र सिल्ड पाएको आयोजक समितिका अध्यक्ष सेराज हुसेलले जानकारी दिनुभयो ।

समाज विकास केन्द्रको आयोजनामा भएको कपका जितेतालाई कार्यक्रमका प्रमुख अथिति कोशी प्रदेश सभा सदस्य एवम् पूर्व प्रदेश सभा अध्यक्ष हाजि इसराईल मंसुरीले उपाधि चुम्नेलाई पुरस्कृत गर्नुभयो ।