जयकृष्ण यादव । इनरुवा
इनरुवा, कार्तिक २४ गते । सुनसरीको इनरुवामा बुद्धिचाल प्रतियोगिताको उद्घाटन भएको छ । करुणा समाज सुनसरीको आयोजानमा शुक्रवार एक कार्यक्रमका बिच इनरुवा नगरपालिकाका प्रमुख केदार भण्डारीले बुद्धिचाल प्रतियोगिताको उद्घाटन गर्नुभएको हो । उद्घाटनसगैं पाँचौ नगरस्तरीय खुल्ला बुद्धिचाल प्रतियोगिता इनरुवामा सुरु भएको छ । प्रतियोगीतामा १६ जना प्रतियोगिहरु सहभागी छन् । उद्घाटन कार्यक्रम आयोजक संस्था करुणा समाजका अध्यक्ष माधवप्रसाद आचार्यको अध्यक्षतामा सम्पन्न भएको छ ।

सनिबारसम्म सञ्चालन हुने प्रतियोगितामा बौद्धिक वर्गका प्रतियोगिहरु सहभागी भएका आयोजक संस्थाका सहसचिव अच्युत भण्डारीले जानकारी दिनुभयो । उद्घाटन कार्यक्रममा इनरुवा ५ का वडा अध्यक्ष अनिलकुमार पोखरेल, खेलाडी गहेन्द्रचन्द्र ढुगेंल, डाईरेक्टर राजनकुमार पोखरेल, आरविस्टर विशाल उप्रेती, पत्रकार जयकृष्ण यादव सहितले उपस्थिती रहेको थियो । प्रमुख अथिति भण्डारीले बौद्धिक विकास र सकारात्मक सोचको विकास गर्ने सभ्य र सालिन खेल बुद्धिचाल भएको बताउनुभयो । उहाँले खेलका बारेमा आफूलाई पनि थाहा भएको बताउनुहुदै यसको पवद्र्धन गर्नुपर्नेमा जोड दिनुभयो । प्रतियोगीहरुको तर्फबाट बुद्धिचाल संघ इनरुवाका उपाध्यक्ष गहेन्द्रचन्द्र ढुगेंलले नगर, जिल्ला, प्रदेश र राष्टिय हुदै अन्तराष्टिय बुद्धिचाल प्रतियोगिता गर्नुपर्नेमा जोड दिनुभयो । ढुंगेलले कम खर्चमा उपयोगी खेल र इनरुवालाई चिनाउन समेत सक्ने भएकाले राष्टिय तथा अन्तराष्टिय बुद्धिचाल प्रतियोगिता गर्नुपर्ने सुझाव दिनुभयो । करिब पाँच लाख खर्च गर्दा राष्टिय हुदै अन्तराष्टिय बुद्धिचाल प्रतियोगिता गर्न सक्ने दावी गर्नुभयो ।

आयोजक संस्थाका अध्यक्ष माधवप्रसाद आचार्यले आफूहरुको संस्था करुणा समाज सुनसरीले मानवता, सम्मान र सुशासनको पक्षमा काम गर्दै आएकोमा बुद्धिचाल पनि संस्थाको लक्ष्यसंग मिल्ने भएकाले पाँच वर्षदेखी बौद्धिक विकास र सकारात्मक सोचको विकास गर्न बुद्धिचाल प्रतियोगिताको आयोजना गर्दै आएको बताउनुभयो । उहाँले इनरुवामा यो बुद्धिचाल प्रतियोगिता २०७५ सालदेखी गर्दै आएको र पाचौं संस्करणसम्म आईपुग्दा इनरुवामा पनि बुद्धिचाल खेलाडीहरु रहेको सन्देश दिन सफल भएको बताउनुभयो । थोरै उपहार, पुस्कार र मायाको चिनोका साथ सार्थक रुपमा बुद्धिचाल प्रतियोगिता गरेको बताउनुभयो । आफूहरुले जेष्ठनागरिकलाई दुध, स्वास्थ्य परिक्षण र शिविर, बालबालिकाहरुलाई अवलोकन भ्रमण, सिकाई आदानप्रदान सहितको कार्यक्रम गर्दै आएको बताउनुभयो । सबैमा खुसीयाली ल्याउने सोचका साथ प्रतियोगिता गरेको बताउनुभयो । कार्यक्रममा एकराज खनाल, पुण्यवती बराल, सीता पराजुली, भिष्म आचार्य, राजकुमार राया, एकनारायण श्रेष्ठ सहितको उपस्थिती रहेको थियो ।

१, इनरुवा नगरपालिकाका प्रमुख केदार भण्डारीले बुद्धिचाल प्रतियोगिताको उद्घाटन गर्नुहुदै ।