जयकृष्ण यादव । इनरुवा
सुनसरीको इनरुवा नगरपालिकामा सम्पन्न भएको नगरस्तरीय पाँचौ बुद्धिचाल प्रतियोगितामा राजकुमार राय प्रथम हुनुभएको छ । प्रतियोगितामा सहभागि भएका १५ जनामा उत्कृष्ट खेल्दै अंकको आधारमा खेलाडिहरु मध्ये प्रथम राजकुमार राय हनुभयो भने द्वितीय समीर आचार्य, तृतिय सुजित चौहान, सन्त्वना अजय सिंह हुनुभएको छ ।

त्यसैगरी नवप्रतिभा तर्फ दिवस श्रेष्ठ, भेट्रानतर्फ जीवराज दाहाल विजयी हुनुभएको छ । करुणा समाज इनरुवाको ८ ओैं स्थापना दिवसको अवसरमा प्रतियोगिता सम्पन्न भएको जनाएको छ ।

कार्यक्रममा प्रमुख अतिथिको रुपमा इनरुवा नगरप्रमुख केदार भण्डारी रहनुभएको थियो । करुणा समाजका अध्यक्ष माधवप्रसाद आचार्यको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको संस्थाका सहसचिव अच्युत भण्डारीले जानकारी दिनुभयो ।

इनरुवाको सत्यनारायण मन्दिरको सभा कक्षमा भएको प्रतियोगिताको सञ्चालक राजनकुमार पोखरेल र अर्विटर विशाल उप्रेती रहनुभएको थियो ।

उता अध्यक्ष माधवप्रसाद आचार्यले फेसबुकबाट र प्रत्यक्ष विजयि खेलाडिहरुलाई हार्दिक बधाई, सहभागी सवै खेलाडीलाई धन्यवाद सहित दिपावलीको माङ्गलिक शुभकामना दिनुभयो ।


१, सुनसरीको इनरुवा नगरपालिकामा सम्पन्न भएको नगरस्तरीय पाँचौ बुद्धिचाल प्रतियोगिताका विजयीहरु । तस्विर ः जयकृष्ण यादव । इनरुवा