जयकृष्ण यादव । इनरुवा
इनरुवा, मंसिर १ गते । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका ४ ईदगाह खेल मैदानमा सम्पन्न पहिलो वडा अध्यक्ष कप फुटबल प्रतियोगिताको उपाधी भोक्राहा नरसिंह–५ ले चुमेको छ । आठ दिनदेखी जारी पहिलो वडा अध्यक्ष कप फुटबल प्रतियोगिताको फाईनलमा भोक्राहा नरसिंह ४ लाई पराजित गर्दै भोक्राहा नरसिंह–५ ले उपाधी चुमेको हो । पेनाल्टीबाट ६ को विरूद्ध ७ गोल अन्तरले भोक्राहा नरसिंह ४ लाई पराजित गर्दै फाइनलमा उपाधि चुमेको हो । सम्पन्न भएको फाइनल खेलमा भोक्राहा नरसिंह–५ ले उपाधि चुम्दै नगद ३० हजार रुपियाँ, सिल्ड र प्रमाण पत्र प्राप्त गरेको अव्वाम युवा उत्थान केन्द्र भोक्राहा नरसिंह–४ का उपाध्यक्ष आरिफ अन्सारीले जानकारी दिनुभयो । त्यसैगरी पराजित हुदै भोक्राहा नरसिंह–४ ले उपबिजेता स्वरुप नगद २० हजार रुपियाँ, सिल्ड र प्रमाण पत्र पाएको जनाएको छ । खेलमा भोक्राहा नरसिंह–५ का खेलाडी रमेश उराँव म्यान अफ द सिरिज बन्नुभयो । अव्वाम युवा उत्थान केन्द्र भोक्राहा नरसिंह–४ को आयोजना र भोक्राहा नरसिंह–४ नम्बर वडा कार्यालय एवं भोक्राहा नरसिंह गाउँपालिकाको आर्थिक सहयोगमा आयोजित पहिलो वडा अध्यक्ष कप फुटबल प्रतियोगिताका विजेता र उपविजेता टिमलाई प्रमुख अथिति प्रदेश सभा सदस्य हाजि इसराइल मन्सुरी र विशिष्ट अथिति भोक्राहा नरसिंह गाउँपालिकाका अध्यक्ष अजमल अख्तर आजादले पुरस्कार प्रदान गर्नुभयो ।


सम्पन्न कार्यक्रममा प्रमुख अथिति प्रदेश सभा सदस्य हाजि मन्सुरी, विशिष्ट अथिति भोक्राहा नरसिंह गाउपालिका अध्यक्ष अजमल अख्तर आजाद सहित कोशी गाउँपालिका अध्यक्ष एयुव अन्सारी, हरिनगर गाउँपालिका अध्यक्ष गफार अन्सारी सहितको उपस्थिति रहेको थियो । “स्वास्थ्यको लागि खेलकुद, राष्ट्रको लागि खेलकुद” भन्ने नाराका साथ पहिलो वडा अध्यक्ष कप फुटबल प्रतियोगिता ईदगाह खेल मैदान कब्रिस्थानको अगाडि हजारौं दर्शकका बीचमा सम्पन्न भएको आयोजकले जनाएको छ । प्रथम हुने टिम भोक्राहा नरसिंह ५ लाई ३० हजार नगद, सिल्ड मेडल, प्रमाणपत्र र दोस्रो हुने भोक्राहा नरसिंह–४ लाई २० हजार नगद,सिल्ड वितरण गरिएको थियो । कार्यक्रममा गाउँपालिका ४ का वडा अध्यक्ष हारून अन्सारी, ३ का वडा अध्यक्ष धिरेन्द्र यादव, ५ का वडा अध्यक्ष हविव मन्सुरी, वडा सचिव शिवनारायण यादव, ८ का अध्यक्ष उसमान मियाँ , नेपाली काग्रेसको नेता जुगेश्वर यादव, सुनिल कुमार साह सहितको उपस्थिती रहेको थियो । अव्वाम युवा उत्थान केन्द्र भोक्राहा नरसिंहका अध्यक्ष मोजम्मिल अन्सारीको अध्यक्षतामा सम्पन्न भएको प्रतियोगिताको प्रमुख अतिथी हाजी ईस्राइल मन्सुरी रहनुभएको थियो ।
नेपाली काङ्ग्रेस सुनसरी क्षेत्र नम्बर–४ का पूर्व सचिव राजेन्द्र प्रसाद मेहता, नेपाली काङ्ग्रेस भोक्राहा नरसिंहका सभापति युवराज दाहाल, उपसभापति मुस्ताक मियाँ ,युवा नेता जमालुद्दिन मन्सुरी लगायतका सहभागिता रहेको थियो ।

१, भोक्राहा नरसिंह गाउँपालिका ४ मा सम्पन्न पहिलो वडा अध्यक्ष कप फुटबल प्रतियोगिताको उपाधी चुमेको भोक्राहा नरसिंह–५ लाई पुरस्कार प्रदान गर्दै ।
तस्विर ः जयकृष्ण यादव । इनरुवा