जयकृष्ण यादव । इनरुवा
इनरुवा, मंसिर २ गते । सुनसरीको इनरुवा नगरपालिकामा सम्पन्न भएको नगरस्तरीय पाँचौ बुद्धिचाल प्रतियोगिताका विजेताहरुलाई पुरस्कार वितरण गरेको छ । प्रतियोगितामा प्रथम हुनुभएका राजकुमार राय, द्वितीय समीर आचार्य, तृतिय सुजित चौहान, सन्त्वना अजय सिंह सहितलाई पुरस्कार वितरण गरेको हो ।


त्यसैगरी नवप्रतिभा तर्फ दिवस श्रेष्ठ, भेट्रानतर्फ जीवराज दाहाल विजयी हुनुभएकाले उहाँहरुलाई समेत पुरस्कार वितरण गरेको जनाएको छ । प्रतियोगितामा सहभागि भएका १५ जनामा उत्कृष्ट खेल्दै अंकको आधारमा खेलाडिहरु मध्ये प्रथम राजकुमार राय हुनुभयो भने ६ जना पुरस्कृत हुनुभएको करुणा समाज इनरुवाले जनाएको छ । करुणा समाजको ८ ओैं स्थापना दिवसको अवसरमा प्रतियोगिता सम्पन्न गरि पुरस्कार वितरण गरेको जनाएको छ ।


उद्घाटन कार्यक्रममा प्रमुख अतिथिको रुपमा इनरुवा नगरप्रमुख केदार भण्डारी रहनुभएको थियो भने समापन तथा पुरस्कार वितरण कार्यक्रममा डम्बरुबल्लभ भण्डारी रहनुभएको जनाएको छ ।

करुणा समाजका अध्यक्ष माधवप्रसाद आचार्यको अध्यक्षतामा पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको संस्थाका सहसचिव अच्युत भण्डारीले जानकारी दिनुभयो ।
प्रतियोगिताको सञ्चालक राजनकुमार पोखरेल र अर्विटर विशाल उप्रेती रहनुभएको थियो ।