जयकृष्ण यादव । इनरुवा
इनरुवा, माघ २४ गते । सुनसरीको बराहक्षेत्र नगरपालिका–९ की ४५ वर्षीया उर्मिला राईले केही वर्षदेखि निर्माण सामग्रीको उत्पादन तथा विक्रि वितरण गर्दै आउनुभएकोमा आर्थिक मन्दीले व्यवपार नचलेपछि अहिले तरकारी खेतीमा लागनुभएको छ । गाउँघरमा कृषि कामदार नपाउँदाको समयमा निर्माण सामग्रीहरु र रिग उत्पादन गर्ने उधोगमा काम गर्नेहरुको साथ र सहयोगमा राईले नयाँ प्रविधिको प्रयोग गरेर मौसमी र बेमौसमी तरकारी खेतीमा लाग्नुभएको हो । राईले आफ्नै ६ कट्ठा जग्गामा काक्रा, काउली र करेला सहितको तरकारी खेती लगाउनुधएको छ । उहाँले जनमदुरको अभावलाई ध्यानमा राखेर मल्चिङ प्रविधिको प्रयोग गरेर तरकारी खेती गर्नुुभएको छ ।


बराहक्षेत्र ९ नम्बर वडा कार्यालयसगैं रहेको जग्गामा राईले लगाउनुभएको काउली फल्ने अवस्थामा रहेको छ भने करेला र काक्राको लहरा माथि उठिरहेको छ । राईले महिला भएर पनि गाउँका किसान र भाईहरुले कोरियाको प्रविधि तथा तरकारी खेतीमा मल्चिङ प्रविधिको प्रयोग गरेर तरकारी खेती गर्दै आएको देखेर आफूले पनि तरकारी बाली लगाएको बताउनुभयो ।
राईले आफू सहित तीन जना कामदारलाई काम पनि दिएको र राम्रो आम्दानी गर्ने बताउनुहुन्छ । किसानहरु निरास बनेको बेला राईले उत्साहका साथ खेती थालेको बताउनुभयो ।


उता राई जस्तै बराहक्षेत्र–९ का अधिकाश किसानले प्रविधिको प्रयोग गरेर खेती गर्न थालेका छन । किसानहरूले तरकारी खेतीमा मल्चिङ प्रविधिको प्रयोग गरेर तरकारी खेती गर्दा खेडमेल गर्न नपर्ने, रोगकिरा पनि कम लाग्ने दावी गरेका छन् ।
दुई वर्षदेखि मल्चिङ प्रविधिको प्रयोगबाट तरकारी खेती गर्दै आउनुभएका किसानहरुले यो प्रविधिबाट प्रयोग गरेर तरकारी खेती गर्दा गोड्नु नपर्ने, लगाएको मल बिरुवाले मात्रै पाउने हुँदा प्रविधिको प्रयोगले आम्दानीमा वृद्धि भएको बताएका छन् । मौसमी र बेमौसमी तरकारी खेतीका लागि गाउँमा मल्चिङ प्रविधिको प्रयोग बढ्दै गएको छ ।
प्लास्टिक मल्चिङ ड्याङमा लगाएर उन्नत तरिकाबाट खेती गर्दा फाइदा हुन्छ । किसानले मल्चिङ लगाएर तरकारी खेती गरेकोमा पटक मल्चिङ लगाएपछि एक सिजनको तरकारी उत्पादन हुँदासम्म गोडमेल गर्ने झन्झट हुँदैन ।


१, सुनसरीको बराहक्षेत्र नगरपालिका–९ की ४५ वर्षीया किसान उर्मिला राई । आफ्नै प्लास्टिक मल्चिङ ड्याङमा लगाएर उन्नत तरिकाबाट खेती गर्दै गारेको जानकारी दिनुहुदै ।
तस्विर ः जयकृष्ण यादव । इनरुवा