इनरुवा, बैशाख १५ गते । नेकपा माओवादी केन्द्रका केन्द्रिय उपमहासचिव हरिबोल गजुरेलले देशमा सत्ता समिकरण परिवर्तन रहरले नभई बाध्यताले भएको बताउनुभएको छ । सनिबार सुनसरी सदरमुकाम इनरुवामा पार्टीको पुर्वेली संगठन सुदृढीकरण अभियानको उद्घाटन कार्यक्रममा सम्बोधन गर्नुहुदै सो कुरा बताउनुभएको हो । देशको विकास, लोकतान्त्रिक गणतन्त्रको रक्षा र समाजवादका लागि सत्ता समिकरण परिवर्तन गर्नुपरेको बताउनुभएको हो । पार्टीको विस्तारित बैठक समेत रहेकोले नेता कार्यकर्ताहरुलाई देशको विकास र निकास दिने पार्टी माओवादी भएकाले बेलाबखतमा भईरहेको सत्ता समिकरण परिवर्तनलाई रहरले नभई बाध्यताले भएको बुझन आग्रह गर्नुभयो ।


कार्यक्रममा पार्टीका कोशी प्रदेश उपाध्यक्ष शिवकुमार डागीले सुनसरीको इनरुवा नगरपालिकाबाट सुदृढीकरण अभियान सुरु भएको जानकारी दिनुभयो । अभियानका लागि केन्द्रीय नेताहरु जिल्ला–जिल्ला, गाउँ नगरमा पुगेको डागीले जानकारी दिनुहुदै सोही क्रममा पूर्व मन्त्री तथा पार्टीका उपमहासचिव गजुरेल इनरुवा आउनुभएको बताउनुभयो । शनिबार सुरु भएको पार्टीको पुर्वेली संगठन सुदृढीकरण अभियान दुई महिनासम्म चल्ने पार्टीका इनरुवा नेता ओके दाहालले जानकारी दिनुभयो । कोशी प्रदेशको १४ वटै जिल्ला १३५ स्थानीय तहमा संगठन सुदृढीकरण अभियान प्रारम्भ भएको बताउनुभयो ।
अभियानको प्रारम्भको सन्दर्भमा शनिबार पार्टीको नगर कार्यसमितिहरुले बैठक, भेला र छलफल कार्यक्रमहरु आयोजना गरेको जनाएको छ । संगठनलाई मजबुत बनाउन प्रदेश कमिटिबाट दुई महिने अभियान थाल्ने निणर्य अनुसार यो प्रदेशभरी सुदृढीकरण अभियान सुरु भएको छ ।

https://studio.youtube.com/video/4F0V1cTsb8o/edit

https://studio.youtube.com/video/SKDjlxXNfrE/edit


१, सुनसरी सदरमुकाम इनरुवामा पार्टीको पुर्वेली संगठन सुदृढीकरण अभियानको उद्घाटन कार्यक्रममा नेता गजुरेल ।
तस्विर ः जयकृष्ण यादव । इनरुवा