इनरुवामा शिक्षामा गैरकानुनी काम
कक्षा ८ को ग्रेड वृद्धि परीक्षामा मोनोपोली
पूर्ण ग्रेड वृद्धिको नतिजा सार्वजनिक गर्ने समयमा अझै परीक्षाकै तयारी
सुनसरीको सदरमुकाम समेत रहेको इनरुवा नगरपािलकामा एकपछि अर्को गैरकानुनी काम भईरहेको छ । कानुनका विधार्थी र पूर्व कानुन व्यवसाय रहेको नगर प्रमुख केदार भण्डारीले नै गैरकानुनी काम गर्न उद्ध्त देखिएका छन् । भण्डारीले संघीय सरकारको आधारभुत तह कक्षा ८ को परीक्षामा नियम विपरित गरेका छन् । आधारभुत तह कक्षा ८ को परीक्षा सञ्चालन तथा प्रमाणीकरण सम्बन्धी मापदण्ड २०७६ मा ग्रेड वृद्धि परीक्षा शैक्षिक सत्र सुरु भएको १५ दिन भित्रमा सक्नुपर्नेमा मोनोपोली गरेको पाइएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जारी गरेको मापदण्ड विपरीतको कार्य गर्नमा इनरुवा नगरपालिका उद्धत देखिएको छ । यहाँ मापण्डको परिक्षेद ६ को २१ मा ग्रेड वृद्धि परीक्षाको व्यवस्था गरेको छ । त्यसमा पूर्ण ग्रेड वृद्धिको नतिजा शैक्षिक सत्र सुरु भएको १५ दिनभित्र अर्थत १५ बैशाखसम्ममा सार्वजनिक गरी सक्नुपर्नेमा समयमा नतिजा त के अझै ग्रेड वृद्धि परिक्षाकै तयारीमा जुटेको देखिन्छ । त्यसैले गैरकानुनी काम गर्ने नगर प्रमुख र शिक्षा शाखालाई फेललाई पास गराउने हतार भन्दा कक्षा कोठामा कसरी राम्रो पढाई हुने हो ? त्यसको वतावरण निर्माण र प्रभावकारी अनुगमनमा लाग्नु नै बेश देखिन्छ । इनरुवामा कक्षा ८ को ५० प्रतिशत बढी विधार्थी फेल भएका छन भने सामुदायिक तर्फ मुस्किलले २४ प्रतिशत पास भएका छन् ।
अव आ आफ्नै विधालयमा ग्रेड वृद्धि परीक्षा लिदाँ त्यसको विश्वशनियता माथि नै प्रश्न छ किनभने बढीमा दुई विषयमा ग्रेड वृद्धिको परीक्षा लिनुपर्नेमा प्रधानाध्यापकहरुको दावबमा चार वटा विषयमा फेललाई समेत परीक्षामा सामेल गराउनु नै शंकाको घेरामा देखिन्छ । समयमा नतिजा त के अझै ग्रेड वृद्धि परिक्षाकै तयारीमा जुटेको देखिएकाले विधार्थी र अभिभावक दुवैलाई धोका नदेउ नगर सरकार भन्दै स्थानीयहरुले प्रश्न र सुझाव राखेका छन् ।
यसैबीच इनरुवा नगरपालिका शिक्षा शाखा प्रमुख स्वतीका दाहालले आधारभुत तह कक्षा ८ को चार वटासम्म विषयमा डी ग्रेट कम भएकाहरुले ग्रेड

यसैबीच इनरुवा नगरपालिका शिक्षा शाखा प्रमुख स्वतीका दाहालले आधारभुत तह कक्षा ८ को चार वटासम्म विषयमा डी ग्रेट कम भएकाहरुले ग्रेड वृद्धि परीक्षामा सहभागी हुन पाउने प्रतिकृया दिनुभयो । उहाँले मापदण्डमा शैक्षिक सत्र सुरु भएको १५ दिन भित्रमा सक्नुपर्नेमा आफूहरुको केही ढिलो भएको र बैशाख १८ गतेबाट सम्बन्धीत विद्यालयलाई नै ती चार विषयमा परीक्षा लिन भनेको बताउनुभयो । प्राक्टिकल मार्क सबै विषयमा फेल भएहरुले पनि कुल प्रति विषयमा २५ अंकमा १५ देखी २५ मार्क नै पाएको देखिएको दाहालले जानकारी दिनुभयो ।

यता इनरुवा नगर शैक्षिक सुधार अभियानका अभियन्ता जयकृष्ण यादवले इनरुवाको शिक्षामा सबै भन्दा बढी भ्रष्टाचार, अनियमितता, गैरजिम्मेबारीपन र मोनोपोली रहेकोले सुधारको खाचौ औल्याउनुभयो । यादवले नगर प्रमुखको शिक्षा प्रतिको मानसिकता सकारात्मक नभएसम्म शिक्षा झन झन खस्कदै जाने टिप्पणी गर्नुभयो ।

वृद्धि परीक्षामा सहभागी हुन पाउने प्रतिकृया दिनुभयो । उहाँले मापदण्डमा शैक्षिक सत्र सुरु भएको १५ दिन भित्रमा सक्नुपर्नेमा आफूहरुको केही ढिलो भएको र बैशाख १८ गतेबाट सम्बन्धीत विद्यालयलाई नै ती चार विषयमा परीक्षा लिन भनेको बताउनुभयो । प्राक्टिकल मार्क सबै विषयमा फेल भएहरुले पनि कुल प्रति विषयमा २५ अंकमा १५ देखी २५ मार्क नै पाएको देखिएको दाहालले जानकारी दिनुभयो ।