सुनसरीको हरिनगर गाउँपालिका १ र २ मा चैत २२ गते भएको सांघातिक आक्रमण गर्नेलाई कार्वाही गर्नुपर्नेमा हिन्दु समाज सघर्ष समिति सुनसरीको माग गरेको छ । 

हरिनगर गाउँपालिका ३ नीवासी जीवन मेहता माथिको सांघातिक आक्रमण र त्यसपछिको उत्पन्न परिस्थिती प्रति हाम्रो गम्भिर ध्यानकर्षण भएको समितिले जनाएको छ । समितिले सोमबार जारी गरेको विज्ञप्तीमा भनिएको छ , “हामी सामाजिक सद्भाव, एकता र सत्यको पक्षमा विश्वास गर्ने हिन्दु समुदाय माथि भएको आक्रमणले सद्भावमा खलल पार्ने काम गरेको हुदाँ कानुनी राज्य माथि नै प्रश्न उठेको छ । ”


त्यसैगरी विज्ञप्तीमा समितिले हिन्दु समुदायका नागरिक जीवन मेहता माथि निर्ममपूर्वक गरेको आक्रमणमा संलग्नलाई पक्राउ गरि कार्वाही गर्नुपर्ने, नागरिकको शान्ती सुरक्षा कामय गर्नुपर्ने, बाटोघाटोमा हिन्दु समुदायका नागरिक माथि बढेको ज्यादती बन्द गर्नुपर्नेमा केही मुस्लिम युवाहरुले कानुनलाई हातमा लिएर गरेको जगंलीशैलीले समग्र राज्य माथि नै प्रश्न उठेको प्रति गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।


मेहता माथिको आक्रमणको घटनाको भोली पल्ट देवनागञ्ज गाउँपालिका ७ नीवासी राजकुमार यादवमाथि इनरुवा १० जल्पापुरमा भएको आक्रमण तथा हरिनगरको शान्तीपूर्ण प्रदर्शनमा गरेको ढुगामुडा तथा सशस्त्र र नेपाल प्रहरीले गोली हानेर घाईते बनाएको दुई सहित अश्रु ग्यास तथा हवाई फायर, लाठी चार्जबाट ४० जना बढी पर्दशनकारीलाई हातखुट्टामा चोट लागेको छ भने केहीको हात, छाती र खुट्टामा चोट लागेको भन्दै विरोध जनाएको छ । हरिनगर ४ बजार क्षेत्रमा प्रहरीले घरघरमा पसेर सर्वसधारणलाई कुटपिट गरेकाले प्रहरीको नियत माथि प्रश्न उठेको जनाएको छ । धार्मिक द्धन्द्ध गराउने, कानुन हातमा लिएर आतंक मच्चाउने, अतिबादीहरुले अनाधिकृत आक्रमणमा उत्रेकाले हरिनगर काण्डका दोषीलाई कार्वाही गर्नुपर्ने र पक्राउ परेका हिन्दु युवालाई विना शर्त रिहा गर्नुपर्ने सहितका आठ बुदे माग सहितको विज्ञप्ती जारी गरेको जनाएको छ ।
समितिका संयोजक राजेश यादवले जारी गर्नुभएको विज्ञप्तीमा हिन्दुमाथिको भेदभाव र दमन बन्द गर्नुपर्ने, घाईतेहरुको उपचारको जिम्मा राज्यले लिनुपर्ने र गोली हन्नेको पहिचान गरि कार्वाही गर्नुपर्ने तथा जीवन मेहतामाथि भएको सांघातिक आक्रमणको उच्चस्तरीय छानविन समिति संघिय सरकारले गठन गर्नुपर्ने माग गरेको छ ।