घाँस काटेको विषयमा कुटाकुट भई घाइते भएका एक महिलाको मृत्यु
जयकृष्ण यादव । इनरुवा
इनरुवा, साउन २३ गते । सुनसरीको बर्जु गाउँपालिका ३ अमडुवामा घाँस काटेको विषयमा कुटाकुट भई घाइते भएका एक महिलाको मृत्यु भएको छ । गत साउन १३ गते सङ्गीता देवी रायको खेतमा घाँस काटेको विषयमा कुटाकुट हुदाँ गम्भीर घाइते हुनुभएकी सुनसरीको बर्जू गाउँपालिका वडा नम्बर ३ की २६ वर्षीय चन्द्रकला देवी रायको उपचारको क्रममा मृत्यु भएको हो ।
सङ्गीता देवीले आफ्नो खेतमा घाँस किन काटेको ? भनी चन्द्रकलालाई निर्घात उटपीट गरेको र त्यसपछि घाईते भएकोमा उपचारको लागि कोसी अस्पताल विराटनगर ल्याएकोमा उपचारको आइतबार राती मृत्यु भएको मृतकका पती सकलदिप रायले बताउनुभयो ।
मृतक चन्द्रकलादेवीलाई छिमेकी सङ्गीता र उहाँका परिवारले घाँस काटेको विषयलाई लिएर निर्घात कुटपिट गरेको मृतकका पती रायले बताउनुभयो । मृतकका आफन्तले छिमेकी सङ्गीता कुमारी रायविरुद्ध कर्तव्य ज्यान मुद्दामा जाहेरी दिएका छन् ।
ईलाका प्रहरी कार्यालय दुहबीका प्रहरी निरीक्षक जयदेव माझीले जाहेरी आएको र पीडक आरोपित सङ्गीता कुमारी रायलाई पक्राउ गरी हिरासतमा लिएको र थप अनुसन्धान भइरहेको जानकारी दिनुभयो । मृतकको शवको पोष्टमार्टम कोसी अस्पताल विराटनगरमा सोमबार गरिएको छ ।

