जयकृष्ण यादव । इनरुवा
इनरुवा, बैशाख १२ गते । सुनसरीको भोक्राहानरसिंह गाउँपालिका वडा नं.–७ थानगाछीबाट गाजाँ सहित एकजनालाई पक्राउ गरेको छ । वीहिबार राती जिल्लाको सीमावर्ती भोक्राहा नरसिंह गाउँपालिका वडा नं.–७ थानगाछी स्थित जनता चोक दक्षिणबाट दुई वडा मोटरसाईलबाट एक सय दुई केजी गाजाँ बरामद गरेको छ । एउटा मोटरसइँकल र गाजाँ सहित धनकुटाको सांगुरीगढी गाउँपालिका वडा नं.–९ का २२ वर्षीय सलिन राईलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । जनता चौक देखी नरसिंह तर्फ जाने भित्री सडक खण्डमा अबैध रुपमा लागू औषध गाँजा ओसारपोसार भईरहेको सूचनाको आधारमा खटिएको जिल्ला प्रहरी कार्यालय सुनसरी र प्रहरी चौकी चिरौलीको टोलीले राईलाई पक्राउ गरेको हो । मोटरसाईकल चेकजाँच गर्ने क्रममा यादव टोल जांदै गरेको प्र.१–०२–०४३ प ३०६३ नंम्बरको मोटरसाईकललाई रोकी चेकजांच गर्दा एउटा बोरा र एउटा जेब्रा झोलामा प्याक गरेको अवस्थामा लागू औषध गाँजा ६२.२७ किलोग्राम र मोटरसाईकल चालक सांगुरीगढी गाउँपालिका वडा नं.–९ का सलिन राईलाई मोटरसाईकल सहित नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।


राईसगैं अर्को व्यक्तिले को ३७ प ८६३१ नंम्बरको मोटरसाईकल उत्तरबाट दक्षिण तर्फ आउदै गरेको अबस्थामा प्रहरीलाई देखेर मोटरसाईकल चालक मोटरसाईकल छाडी फरार भएको थियो । उक्त मोटरसाईकलमा एउटा बोरा र एउटा जेब्रा झोलामा प्याक गरेको अवस्थामा लागू औषध गाँजा ४० किलो चार सय असी ग्राम) फेला पारेको प्रहरीले जनाएको छ । प्रहरी नायव उपरीक्षक योगराज खतिवडाका अनुसार फेला परेको व्यक्ति र मोटरसाईकल जिल्लामा ल्याई अनुसन्धान थप भईरहेको साथै को ३७ प ८६३१ नं.को मोटरसाईकल चालकको खोजतलास कार्य भईरहेको छ ।