इनरुवा, वैशाख २ गते । सुनसरीको रामधुनी नगरपालिका ४ स्थित एतिहासिक रामधुनी मन्दिरका नयाँ पुजारी नियुक्त भएका छन् । रामधुनी मन्दिरका तत्कालिन महन्त काशी दास उदासीको चैत १६ गते उपचारका क्रममा निधन भएपछि मन्दिरमा बुधबारबाट विधिवत रुपमा मुख्य पुजारीको जिम्मेबारी रामशरण दास उदासी राईलाई दिईएको हो । रामधुनी मन्दिरमा नियमित पुजापाठ गर्ने, संरक्षण, विकास र धार्मिक सेवामा समर्पित र संरक्षण समेत गर्ने गरी आवाशिय रुपमा बस्ने व्यवस्था सहित मन्दिरमा मुख्य पुजारीमा रामशरण दास उदासि राईलाई जिम्मेवारी दिईएको मन्दिरका डिल्ली कार्कीले जानकारी दिनुभयो । यसअघि महन्त उदासीले आफ्नो सम्पूर्ण जीवन रामधुनी मन्दिरको संरक्षण, विकास र धार्मिक सेवामा समर्पित गर्नुभएको थियो । उहाँको नेतृत्वमा मन्दिर क्षेत्र धार्मिक आस्था र विश्वासको महत्वपूर्ण केन्द्रका रूपमा स्थापित भएको थियो ।


१, सुनसरीको रामधुनी नगरपालिका ४ स्थित एतिहासिक रामधुनी मन्दिरका नयाँ पुजारी रामशरण दास उदासी राईलाई नियुक्त गर्दै जिम्मेबारी प्रदान गर्दै ।