बबियामा सडक निर्माणमा गुणस्तरमाथि प्रश्न , गुणस्तरीय काम गर्न स्थानीयको माग
इनरुवा, चैत २९ गते । सुनसरीको इनरुवा नगरपालिका वडा नम्बर ९ बबिया यादव टोलको सडक निर्माणमा गुणस्तरहिन काम भईहरेको भन्दै स्थानीयहरुले विरोध जनाएका छन् । सडकबाटो निर्माणमा कमसल काम भएको र सामान्य मापदण्ड तथा योजना अनुसारको काम नभएको थाहा पाएपछि स्थानीयहरुले बिरोध जनाएका हुन् । स्थानीयबासी इन्जिनियर शंकर यादवले पुरानो कालोपत्रे सडकलाई जोतेर माटो समेत नहाली कमलस बेस राखेर गुणस्तरहिन काम गरेकाले त्यसबारेमा सम्बन्धित निकायहरुको ध्यानाकर्षण गराउनुभएको छ । यादवले गाउँमा वर्षमा दुई पटक सम्म कालोपत्रे हुने र फेरी भत्काउदै, जोत्दै अर्को बनाउने र नटिक्ने बनाई राज्यकोषको बजेट अनावश्यक खर्च हुदै आएकाले कम्तीमा ५।१० वर्ष टिक्ने गरी कालोपत्रे सडक निर्माण हुनुपर्ने बताउनुभयो । उहाँले साविक बबिया शुक्रबारे हाटदेखी सतैरझोरा तथा बबिया सहकारीसम्मको सडक निर्माणमा गुणस्तर माथि स्थानीयहरुले प्रश्न उठाएका छन् । सडक निर्माणमा गुणस्तरीय काम गर्न स्थानीयको माग रहेको छ । नेपाल सरकार शहरी विकास मन्त्रालय, शहरी विकास तथा भवन निर्माण विभाग , संघीय शहरी विकास तथा भवन निर्माण कार्यालय विराटनगरको दुई करोड १२ लाख ७५ हजार ६८७ रुपियाँ ५० पैसा भ्याट बाहेकमा सडक निर्माणको ठेक्का प्रचबी बिल्डर्स बराहक्षेत्र निर्माण सेवा जेभीले लिएको छ । ठेक्केदार कम्पनीका प्रकाश मेहताले आफूहरुको राम्रो काम गरेको दावी गर्दै इनरुवा ९ शुक्रबारेदेखी यादव टोलको सडक निर्माणमा बेससम्मको काम भएको प्रतिकृया दिनुभयो । माघ १० गते सम्झौता भएर २०८३ जेठ ३१ गतेसम्ममा कार्य सम्पन्न गर्ने गरी सडक निर्माणको ठेक्का पाएको मेहताले जानकारी दिनुभयो ।



स्थानीयहरुले भनेका छन्, तपाईहरु बुझ्नेहरुले यो स्टीमेट अनुसार भए नभएको स्थलगत अनुगमन गर्नुहोस ।
गुणस्तरीय काम होस
दिगो विकासमा योगदान होस
