सुनसरीको इनरुवामा तेस्रो मदन भण्डारी स्मृति अन्तर्राष्ट्रिय कुस्ती प्रतियोगिताको तयारी पुरा भएको छ । डा बसन्त स्मृति योग समिति इनरुवा २ सुनसरीको आयोजनामा तीन दिवसीय अन्तर्राष्ट्रिय कुस्ती प्रतियोगिताको उदघाटन सनिबार हुने भएको छ।

कुस्तीको माध्यमद्वारा इनरुवालाइ देश विदेशमा चिनाउन, खेलाडी बिचमा आपसी सदभाव जोड्ने र शारीरिक तथा मानसिक स्वास्थ्यका लागि पनि उपयोगी रहेकोले खेल आयोजना गरेको संरक्षक चिनेश्वर मेहताले बताउनुभयो । उहाँले कुस्तीबाट मनोरञ्जन समेत हुने र लोपोन्मुख अवस्थामा पुगेको कुस्तीको खेल नयाँ पुस्तालाई देखाउन समेत सार्थक हुनेभएको बताउनुभयो । सनिबार उद्घाटन हुने कुस्ती बैशाख ७ गते सम्म संचालन हुनेभएकोले दर्शकहरुलाइ अबलेनका लागिअपिल गरेको छ। कुस्तीमा नेपाल, भुटान, श्रीलंका र भारतका गरी ४४ कुस्ती खेलाडीको सहभागिता रहेको आयोजकले जनाएको छ ।

बैशाख ५ गतेदेखि ७ गते सोमबारसम्म हुने तेस्रो मदन भण्डारी स्मृति अन्तर्राष्ट्रिय कुस्तीमा भारतबाट जावेद गनी(कश्मीर), हरीओम बाबा (बनारस ),लाडी बाबा (हरीद्वार ),बाहुवली पन्जाब टिम सहित भारतीय खेलाडी र पारस थापा,वसन्त थापा,सदिप राना, मेवा थापा लगायतका चर्चित खेलाडीले प्रतिस्पर्धा गर्ने छन् ।

यस अघि पहिलो संस्करण जेल मैदानमा र दोस्रो सुनसरी बहुमुखी क्याम्पस इनरुवा ४ को खेल मैदानमा कुस्ती खेलाडीले प्रतिस्पर्धा गरेका थिए।