जयकृष्ण यादव। इनरुवा
इनरुवा, वैशाख २ गते । सुनसरीको बराहक्षेत्र नगरपालिका ६ बाट सप्तकोशी नदी हुदै गाँजा तस्करी गर्दैगरेको अवस्थामा दुई सय पचिस किलोग्राम गाजाँ बरामद भएको छ । प्रहरीले विषेश सूचनाका आधारमा बराहक्षेत्र ६ स्थित सप्तकोशी नदिमा बाँसको झाक मुनी लुकाई छिपाई बगाउँदै ल्याउँदै गरेको अवस्थामा २२५ के.जि.लागू औषध गाँजा सहित दुईजनालाई पक्राउ गरेको छ । पहाडी जिल्लाबाट सप्तकोशी नदिमा बाँसको झाक मुनी लुकाई छिपाई बगाउँदै ल्याउँदै मानिसहरुका बारेमा सूचना आएपछि इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरी टोलीले गाजाँ सहित दुई जनालाई पक्राउ गरेको प्रहरी उपरीक्षक केशव कुमार थेवेले जानकारी दिनुभयो । लागु औषध नियन्त्रण अभियानमा सकृय प्रहरीले नयाँ वर्षको मौकामा मंगलबार राती ९ बजेको समयमा बराहक्षेत्र नगरपालिका वडा नं.–६ पटवारी स्थित सप्तकोशी नदिमा लागु औषध गाँजा ओसारपसार भइरहेको सूचनाको आधारमा खटिएको प्रहरी टोलीले सप्तकोशी नदिमा उत्तरबाट दक्षिणतर्फ बगाउँदै ल्याउँदै गरेको बाँसको झाक सप्तकोशी नदिको भंगालो छेउमा नियन्त्रणमा लिई चेकजाँच गर्दा बाँसको झाक मुनिको भागमा लुकाई छिपाई राखेको अवस्थामा ९ वटा प्लाष्टिकको बोरामा लागु औषध गाँजा २२५ के.जि. (दुई सय पचिस किलोग्राम) फेला परेको थेवेले जनाकारी दिनुभयो । उहाँका अनुसार बाँसको झाक बगाउदै ल्याउने व्यक्तिहरु जिल्लाको बराहक्षेत्र नगरपालिका वडा नं.–६ का २० वर्षीय बिशेष माझी र १८ वर्षीय रोशन श्रेष्ठलाई लागू औषध जागाँ र उनिहरुले प्रयोग गर्नको लागी सोही भंगालोको किनारमा लुकाई छिपाई राखेको को.३० प. ९४७५ नम्बरको मोटरसाईकल सहित नियन्त्रणमा लिएको हो । उनीहरुलाई इलाका प्रहरी कार्यालय महेन्द्रनगर सुनसरीमा ल्याई थप अनुसन्धान गर्ने कार्य भईरहेको प्रहरीले जनाएको छ ।


१,सुनसरीको बराहक्षेत्र नगरपालिका ६ बाट बरामद भएको गाजाँ सार्वजनिक गर्दै ।
तस्बिर ः