खेती योग्य जग्गालाई अवाश्य कायम गरेको भन्दै स्थानीयको बिरोध
इनरुवा(सुनसरी), २ बैशाख । सुनसरी सदरमुकाम इनरुवामा कृषि योग्य जग्गा अवासीय कायम गरेको रहस्य सार्वजनीक भएको छ ।
केही भु–माफियाको सक्रिय सहभागीता तथा सलग्नतामा कृषि योग्य जग्गालाई आवसीय कायम गरेको स्थानीयवासीले बताएका छन् । इनरुवा–५,६ र ७ मा ४० बिघा भन्दा बढी खेतीय योग्य जग्गालाई आवश्य कायम गरेको इनरुवाका पूर्व मेयर तथा इनरुवा–५ का खेमराज पोखरेलले जानकारी दिनुभयो ।
गृन सिटि नामले खेलिएको कम्पनी भएको ठाउँमा करिव ४० बिघा भन्दा बढी जग्गालाई अवाश्य काम गरेको इनरुवा–६ का वडा सदस्य उत्तम कार्कीले बताउनुभयो । वडाबाट आवश्य कायम गर्ने बेलामा आफ्नो कुनै किसिमको सहमति नभएको उहाँको भनाई रहेको छ । बिगतका दिनमा उक्त जग्गामा धान, गहु लगायतका अन्य बाली हुदै आएको थियो ।
जिल्लाको बिभिन्न स्थानमा उत्पादन नहुदा अहिले गृन सिटि भनिएको ठाउँमा राम्रो धान र गहु उत्पादन हुदै आएको पूर्व मेयर पोखरेलले बताउनुभयो । यता केही जनप्रतिनीधिको अष्नतुष्टिका बावजुद इनरुवा नगरपालिकाको कार्यालयले राखेको बिज्ञको टोलीले गरेको सिफारीसको अधारमा इनरुवा नगरपालिकाको कार्यपालिका र नगरसभाबाट खेती योग्य जग्गालाई अवाश्य कायम गरेको एक कार्यपालिका सदस्यले बताएका छन् ।
वडाबाट आएको सिफारीसको अधारमा इनरुवा नगरपालिकाको कार्यालयले खेती योग्य जग्गालाई अवाश्य कायम गरेको इनरुवा नगरपालिकाका सूचना अधिकारी निरज पोखरेलले बताउनुभयो ।
यस बिषयमा अख्तियार दुरुपयोग अनुशन्धान आयोगमा समेत केही ब्यक्तिले उजुरी दिएको स्थानीयले बताएका छन् । त्यसैले यस बिषयमा आवश्यक अनुशन्धान गरेर दोषिलाई कारवाही गर्नका लागि स्थानीयवासीले माग गरेका छन् ।
