इनरुवा, वैशाख २१ गते । सुनसरीको इनरुवा नगरपालिका ९ बबियाको सरस्वती माध्यमिक विद्यालयबाट कक्षा १२ को पहिलो ब्याचका विधार्थीहरु परीक्षामा सामेल भएपछि सम्मान गरेको छ । विद्यालयमा २०८० साउन २१ गतेबाट ११ को पढाई सुरु भएकोमा आईतबारबाट कक्षा १२ को बार्षिक परीक्षामा समेल भएका पहिलो व्याचका विधार्थीहरुलाई एक कार्यक्रमका बीच विद्यालय व्यवस्थापन समितिका कक्षा ११।१२ संस्थापक अध्यक्ष जयकृष्ण यादवले सम्मान गर्नुभएको हो ।


दुई वर्षअघि समिति अध्यक्ष यादव र कोशी प्रदेश सभा सदस्य रामप्रसाद मेहताले उद्घाटन गर्नुभएको प्लस टुको कक्षाको पहिलो ब्याचका परीक्षार्थीहरुलाई उच्च मनोवलका सात परीक्षा दिन, र अग्रमि बधाई तथा शुभकामना सहित सम्मान गरेको हो ।
यादवले प्रत्येक परीक्षार्थीहरुलाई विजयीको प्रतिक अविर र परीक्षामा सुनौलो अक्षर लेखेर पास गर्न सहजताका लागि डटपेन हस्तान्तरण सहित सम्मान गर्नुभएका छ । यादवले विभिन्न आरोहअवरोह र शिक्षाका विरोधी तत्वहरुको विरोधका बीचमा छोटो समयमा गरेको प्रगति र सो कार्यक्रम पहिलो पटक सहभागि भएर कक्षा १२ सम्मको सपना सकार पार्ने विधार्थीहरुलाई सम्मान गरेको बताउनुभयो ।


यादवले परीक्षार्थीहरु मुकेश यादव, पवन यादव, सुरज यादव, आशिक आलम, भभिशेक सरदार, विजय मेहता, शिवरतन उराँव, विशाल शर्मा, अन्जली मण्डल, इसा गुप्ता, नितु मेहता, काजल यादव, आशा मेहता, अन्सु यादव सहितलाई सम्मान गर्नुभयो । परीक्षार्थीहरुले सम्मान प्रति आभार प्रकट गरेको परीक्षार्थी आशिक लालमले बताउनुभयो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जयकृष्ण यादवको विषेश पहलमा इनरुवा नगरपालिकाले कक्षा ११ संचालनको अनुमती दिएसगैं २०८० शैक्षिक सत्रबाट कक्षा ११ को पढाई सुरु भएको तत्कालिन प्रधानाध्यापक श्यामदेव मेहताले जनाकारी दिनुभयो ।

१, सुनसरीको इनरुवा नगरपालिका ९ बबियाको सरस्वती माध्यमिक विद्यालयबाट कक्षा १२ को पहिलो ब्याचका विधार्थीहरु परीक्षामा सामेल भएपछि सम्मान गर्दै ।


तस्विर ः