जयकृष्ण यादव । इनरुवा
इनरुवा , साउन १२ गते ।सुनसरीकाे पुर्व पश्चिम राजमार्गमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी भएको छ। प्रमुख जिल्ला अधिकारी ईश्वरी प्रसाद अर्यालले सूचना जारी गर्नुहुदै
मंगलबार दिउँसो ३:३० बजेदेखि अर्को सूचना जारी नभएसम्म कर्फ्यु आदेश जारी गर्नुभएको छ।


प्रशासनले इटहरी पक्ली देखि काेशी व्यारेज क्षेत्रमा आवतजावत तथा कुनै पनि प्रकारका भेला, जुलुस, प्रदर्शन, सभा, बैठक र घेराउ गर्न निषेध गरेको जनाएको छ। कर्फ्यु जारी भएको पत्र अनुसार कर्फ्यु क्षेत्र
पूर्व इटहरी उपमहानगरपालिकाकाे पक्कली चोकसम्म
पश्चिम काेशी गाउँपालिका ८ कोशी ब्यारेजको पुल
उत्तर र दक्षिण दायाँबायाँ महेन्द्र राजमार्गदेखि २०० मिटर क्षेत्रसम्म कुनै पनि प्रकारका भेला, जुलुस, प्रदर्शन, सभा, बैठक र घेराउ गर्न निषेध गरेको जनाएको छ।