लौकही टन हलको मन्त्री कार्कीद्धारा निरीक्षण
जयकृष्ण यादव । इनरुवा
इनरुवा, भदौ ४ गते । सुनसरीको कोशी गाउँपालिका १ लौकहीमा निर्माणाधिन टन हलको सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले निरीक्षण गर्नुभएको छ । सनिबार सुनसरीको विभिन्न कार्यक्रममा सहभागि हुनआउनु भएका नेपाल सरकारका प्रवत्ता एवम् सञ्चार र सूचना प्रविधि मन्त्री कार्कीले लौकही टन हल निर्माणको चरण र अवस्थाको बारेमा जनाकारी लिने गरि निरीक्षण गर्नुभएको हो । लौकहीमा टन हल बारेमा निरीक्षण गर्नुभएका मन्त्री कार्कीले निरीक्षणका क्रममा कोशी गाउँपालिकाका कार्यवाहक अध्यक्ष अनितादेवी यादव, नेपाली काग्रेंस पार्टीका क्षेत्रिय सचिव जुगेश्वर यादव, नेता सदानन्द मण्डल, अमलेश मेहता सहितसंग जानकारी दिनुभयो ।
वहाँलाई कोशी गाउँपालिकाले भदौ २५ गते शनिबार उद्घाटन गर्ने भएकाले प्रमुख अथितिकाृे निम्तो समेत दिएको जनाएको छ । मन्त्री कार्कीले झण्डै ३८ करोड लाग्तमा निर्माण भएको टन हलको उद्घाटन पछि गाउँपालिकालाई हस्तान्तरण गर्ने बताउनुभयो ।
यसैबीच सुनसरी सदरमुकाम श्रीकृष्णाजन्माष्टमीको अवसरमा आयोजित कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले सामाजिक सद्भाव, एकता र भातृत्वका लागि धार्मिक कार्यक्रमहरुले योगादन गरेको बताउनुभयो । वहाँले विभिन्न जातजाती, धर्म सम्प्रदायका नागरिकहरुको बीचमा धार्मिक कार्यक्रमहरुले एकता र सदभाव कायम गर्ने भएकाले श्रीकृष्ण जन्मोत्सवको शुभकामना दिनुभयो ।
१, सुनसरीको कोशी गाउँपालिका १ लौकहीको टन हलको निरिक्षण पनि सामुहित तस्विरमा मन्त्री कार्की ।
तस्विर ः जयकृष्ण यादव । इनरुवा

