नेवाः देय् दबू इनरुवा नगर समितिको अध्यक्षमा घगेन्द्र कुमार श्रेष्ठ चयन

अनिल श्रेष्ठ। इनरुवा
नेवाः देय् दबू इनरुवा नगर समिति सुनसरीको प्रथम नगर अधिवेशन सम्पन्न भएको छ।नेवाः देय् दबू इनरुवा नगर समितिको अध्यक्षमा घगेन्द्र कुमार श्रेष्ठ चयन भएको छ।





समितिको बरिष्ठ उपाध्यक्षमा कृष्ण बहादुर श्रेष्ठ,उपाध्यक्ष (पुरुष) इन्द्रमणि प्रधान, उपाध्यक्ष (महिला) रिना श्रेष्ठ,सचिव छत्र बहादुर श्रेष्ठ,महिला सचिव सिता श्रेष्ठ, कोषाध्यक्ष श्री योगेन्द्र राज श्रेष्ठ चयन भएको हो। समितिको सदस्यहरुमा मान बहादुर श्रेष्ठ, चक्र वहादुर श्रेष्ठ, जनुका प्रधान,कमला श्रेष्ठ, तोत्रजंग श्रेष्ठ, फूल कुमारी श्रेष्ठ चयन भएको जनाएको छ। समितिका अध्यक्ष केशव कुमार श्रेष्ठको अध्यक्षता र नेवाः देय् दवू सुनसरी धरानका अध्यक्ष केदार कुमार श्रेष्ठ (बजिगाय) को प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो।