एउटाको श्रीमती अर्कैले भगाए, श्रीमती खोजी दिन गरे प्रहरीमा गुहार 

सुनसरीमा फिल्मी शैलीमा एउटाको श्रीमती अर्कैले भगाएका छन् । आफूसंगै रहेको, श्रीमती छिमेकीले भगाएपछि खोजी दिन आग्रह गर्दै पीडित पक्षले प्रहरीमा गुहार मागेको छ । घटना असोज १०गतेको भएको र स्थान सुनसरीको देवानगंज गाउँपालिका वडा नं. २ यादव टोलमा रहेको प्रहरीले जनाएको छ । देवानगञ्ज २ का संजिव कुमार यादवको श्रीमती २३ वर्षीया अन्जलि देवि यादवलाई सोही ठाउँ बस्ने ४२ वर्षीय मनोज यादवले भगाई लगेको हो । पीडितका श्रीमान् संजिवले इलाका प्रहरी कार्यालय देवानगञ्जमा खोजतलास गरी पाउँ भनि निवेदन दिनुभएको छ । भागेर गएकीको श्रीमानले असोज १२ गते इप्रका देवानगंजमा लिखित निवेदन दिना साथ इप्रका देवानगंजबाट प्रहरी सहायक निरीक्षक राजेन्द्र चौधरीको कमाण्डमा प्रहरी टोलि खटि खोजतलास कार्य भईरहेको जनाएको छ । प्रहरीले महिलालाई आ–आफ्नो एरिया ईलाकामा खोजतलास गरि फेला परेमा इप्रका देवानगंजमा जानकारी गराइ दिनहुन अनुरोध गरेको छ । अन्जलि देवि यादवको हुलियाः– वर्ण– गहुँ गोरी,कालो, पातली शरिर भएकी, रातो साढी लगाएको स्थानः भारत, नेपाल सीमा ।


मनोज यादवको हुलियाः– बर्ण कालो मोटो शरीर भएको निलो सर्ट, खैरो पाईन लगाएको स्थानः भारत ।