सुनसरीको विभिन्न ठाउँमा संघीय प्रतिनिधि सभा सदस्य निर्वाचनको लागि निर्वाचन परिचालन समिति गठन र सम्पर्क कार्यालयहरू स्थापना गर्ने क्रम सुरुवात भएको छ। सुनसरी निर्वाचन क्षेत्र नम्बर २ मा पर्ने देमानगंज गाउँपालिका पालिका स्तरीय जनता समाजवादी पार्टी नेपालले प्रचारप्रसार समिति गठन गरेको छ। चारवटै निर्वाचन क्षेत्रमा चुनावी चहलपहल बढेको र झण्डै ३१ दिन पछि हुने मतदानको लागि प्रचार प्रसारमा जुटेका छन्। यसैबिचमा जसप नेपालको तर्फबाट निर्वाचन क्षेत्र २ मा उमेदवार रामचन्द्र मेहताको जितको लागि निर्वाचन परिचालन समिति घोषणा गरेको छ। निर्वाचन परिचालन समिति क्षेत्र २ सुनसरीको घोषणा सभा मार्फत उमेदवार मेहताको जितको लागि १०५१ सदस्य निर्वाचन परिचालन समिति घोषणा गरेको छ। निर्वाचन परिचालन समितिमा पार्टीको यस क्षेत्रमा रहनुभएको सबै केन्द्रीय सदस्य, प्रदेश प्रतिनिधि,सदस्य, जिल्ला समिति,नगर,वडा ,जनवर्गीय संगठन , विभिन्न जातिय र विभिन्न भातृसंगठनका पदाधिकारीहरू रहनुभएको छ।


पार्टीको उम्मेदवारलाई मतदान गर्न प्रेरित गर्ने र पार्टीको उम्मेदवारको पक्षमा वकालत गर्न निर्वाचन मुल प्रचार प्रसार समिति गठन गरेको जिल्ला सचिव सिंहेश मेहताले जानकारी दिनु भयो। निर्वाचन परिचालन समिति गठन र तिनका लागि पार्टीको सम्पर्क कार्यालयहरू स्थापना गर्ने जनाएको छ। त्यसको लागि सबै वडा समितिलाई परिचालन गर्ने जानकारी दिनुभयो। प्रचार प्रसार समिति घोषणा सभामा उमेदवारको पक्षमा वकालत र जनमत तयारीको निम्ति सबैले आआफ्नो ठाउँमा योगदान गर्ने प्रतिबद्धता जनाएको छ। सभामा पार्टीको तर्फबाट महानन्द यादव, हिरालाल यादव, बुध नारायण यादव सहित पार्टीको केन्द्रीय नेता सहितको उपस्थिति रहेको थियो।