इनरुवा, माघ १९ गते । गोरखापत्र दैनिकका इनरुवा समाचारदाता जयकृष्ण यादवलाई कुडुख संगीत समूह सुनसरीले सम्मान गरेको छ । उराँव समुदायको भाषा, कला, साहित्य र संस्कृति संरक्षणमा योगदान गरेको भन्दै यादवलाई सम्मान गरेको हो । सुनसरीको इनरुवा नगरपालिकामा सम्पन्न भएको तेस्रो उराँव लोक साँस्कृतिक कार्यक्रमको अवसर पारेर यादवलाई सम्मान गरेको छ ।
एता विगत तीन वर्षदेखी बार्षिक रुपमा गर्दै आएको उराँव लोक सांस्कृतिक कार्यक्रमको तेस्रो संस्कर नेपाल उराँव आदिवासी जनजाति प्रतिष्ठानको आयोजना र कुडुख संगीत समूहको सह–आयोजनामा तेस्रो उराँव लोक साँस्कृतिक कार्यक्रम सम्पन्न भएको छ ।
कोशी प्रदेशका विभिन्न ९३ वटा साँस्कृतिक टोली र मधेश प्रदेशको बारा र पर्साका टोलीले आफ्नो उराँव मौलिक नृत्य, गीत र फेसन सो सहित ऐतिहासिक कार्यक्रम सम्पन्न भएको प्रतिष्ठानका सचिव सम्पत लाल उरावले जानकारी दिनुभयो ।
आयोजक संस्थाका अध्यक्ष बेचन उराँव, सचिव सम्पत लाल उराँव, कोषाध्यक्ष रामलाल उराँंव, सल्लाहकार नुनुलाल उराँवले सहभागी टोलीलाई पुरस्कार हस्तान्तरण गर्नुभएको थियो ।


१, इनरुवा नगरपालिकामा गोरखापत्र दैनिकका इनरुवा समाचारदाता जयकृष्ण यादवलाई कुडुख संगीत समूह सुनसरीले सम्मान गर्दै ।