जेके सहयोगी। रामधुनी
सुनसरीको चारवटै निर्वाचन क्षेत्रमा चुनावी चहलपहल बढेको छ। झण्डै ३४ दिन पछि हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा उम्मेदवारहरुको मनोनयन दर्त्ता र चुनाव चिन्ह पाएपछि प्रचार प्रसारमा जुटेकाले जिल्लाको चारवटै निर्वाचन क्षेत्रमा चुनावी चहलपहल बढेको छ।

यसै बिचमा नेपाली कम्युनिष्ट पार्टीको तर्फबाट निर्वाचन क्षेत्र २ मा उमेदवार रामकुमारी चौधरीको जितको लागि निर्वाचन परिचालन समिति घोषणा गरेको छ। निर्वाचन परिचालन समिति क्षेत्र २ सुनसरीको घोषणा सभा मार्फत उमेदवार रामकुमारी चौधरीको जितको लागि ७५१ सदस्य निर्वाचन परिचालन समिति घोषणा गरेको छ। झण्डै ७५१ सदस्य निर्वाचन परिचालन समितिमा पार्टीको यस क्षेत्रमा रहनुभएको सबै केन्द्रीय सदस्य, प्रदेश प्रतिनिधि,सदस्य, जिल्ला समिति,नगर,वडा ,जनवर्गीय संगठन , विभिन्न जातिय र विभिन्न भातृसंगठनका पदाधिकारीहरू रहनुभएको छ।


पार्टीको उम्मेदवारलाई मतदान गर्न प्रेरित गर्ने र पार्टीको उम्मेदवारको पक्षमा वकालत गर्न निर्वाचन मुल प्रचार प्रसार समिति डम्बर सुवेदी हिमालको संयोजकत्वमा जयकृष्ण यादव र प्रविण दाहाल सदस्य रहेको छ। त्यसैगरी आर्थिक परिचालन समिति संयोजक शिव डागी रहनुभएको छ। सदस्यहरूमा इटहरीबाट सन्तोष चौधरी, रामधुनीबाट बलराम चौलागाइ, इनरुवाबाट रमेश भट्टराई र देवानगञ्जबाट भिमनन्दन शर्मा सहितको सदस्य रहनुभएको छ।


घोषणा सभामा उमेदवार रामकुमारी चौधरीको जितको लागि निर्वाचन २ मा रहेको ५ स्थानीय तहको ३० वडा वडामा निर्वाचन परिचालन समिति गठन र तिनका लागि पार्टीको सम्पर्क कार्यालयहरू स्थापना गर्ने जनाएको छ। त्यसको लागि सबै वडा समितिलाई व्यानर, बोर्ड र झण्डा हस्तान्तरण गरेको पार्टीका इन्चार्ज शिवकुमार डांगीले जानकारी दिनु भयो। घोषणा सभामा उमेदवारको पक्षमा वकालत र जनमत तयारीको निम्ति सबैले आआफ्नो ठाउँमा योगदान गर्ने प्रतिबद्धता जनाएको छ। सभामा पार्टीको तर्फबाट केन्द्रीय सदस्य साबित्री काफ्ले, गोबिन्द निरौला, अनिता परियार, निर्मल बराल, सरस्वती पोखरेल, सपना परियार, नेता घनश्याम चौधरी, पर्शुराम बस्नेत सहितको उपस्थिति रहेको थियो।


यसैगरी प्रत्येक नगर, गाउँ र वडामा निर्वाचन परिचालन समिति संयोजक, सहसंयोजक र सचिवको पार्टीको तर्फबाट शिव डागीले घोषणा गर्नु भएको छ।


यो पटक नेपाली कम्युनिष्ट पार्टीको तर्फबाट निर्वाचन क्षेत्र २ मा उमेदवार रामकुमारी चौधरीले चुनाव जित्ने नेता डम्बर सुवेदी हिमालले दाबी गर्नु भएको छ।