पण्डित, पुरोहित र यजमानहरूको २ दिवसीय सामूहिक सम्मिलन कार्यक्रम
सुनसरीको इनरुवा नगरपालिका ५ मा नगर क्षेत्रका पण्डित, पुरोहित र यजमानहरूको २ दिवसीय सामूहिक सम्मिलन कार्यक्रम सुरु भएको छ। सनातन संस्कृति संरक्षण परिषद इनरुवा न. पा. ५, सुनसरीको आयोजनामा पोखरेल सेवा समाजको भवन, इनरुवा ५ शारदा टोलमा नगर क्षेत्रका संस्कृति, संस्कार र धार्मिक संरक्षणमा लाग्नुभएको पण्डित, पुरोहित र यजमानहरूको २ दिवसीय सामूहिक सम्मिलन कार्यक्रम सुरु भएको छ।
इनरुवामा एतिहासिक कार्यक्रममा दर्जनौं पण्डित, पुरोहित र यजमानहरूको सामूहिक सहभागितामा कार्यक्रम सुरु भएको आयोजक संस्थाका अध्यक्ष चेतनाथ काफ्लेले जानकारी दिनु भयो।
॥धर्मो रक्षति रक्षित जयतु सनातन धर्म : मर्म अनुसार २०६६ सालमा गठन भएको सनातन संस्कृति संरक्षण परिषद् र वैदिक कर्मकाण्ड परिषद् इनरुवा नगर समितिको संयुक्त आयोजनामा माघ १६ र १७ गते इनरुवा नगर क्षेत्रका पण्डित, पुरोहित र यजमानहरूको २ दिवसीय सामूहिक सम्मिलन कार्यक्रम सुरु भएको छ।
