प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कोशी प्रदेशमा निर्वाचन आयोगले निर्धारण गरेका १ हजार ९ सय ७ मतदानस्थलमध्ये ४ सय २१ मतदानस्थललाई अति संवेदनशील मतदानस्थलका रुपमा वर्गीकरण गरिएको छ ।

भौगोलिक विकटता, सुरक्षा निकायको पहुँचदेखि टाढा, यातायात र सञ्चारको असुविधा यस अघिका निर्वाचनमा देखिएका घटनालाई विश्लेषणगरे अति संवेदनशील, संवेदनशील र सामान्य गरी तीन खण्डमा मतदानस्थल तथा केन्द्र छुट्याइएको निर्वाचन आयोगले जनाएको छ ।

प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र २८ ओटा रहेको प्रदेशमा ३५ लाख ७४ हजार ३ सय १० जना मतदाताका लागि १ हजार ९ सय ७ मतदानस्थलमध्ये ४ सय २१ मतदानस्थल र ४ हजार २ सय ७० ओटा मतदान केन्द्र तोकिएको छ । जसमध्ये ८ सय १९ ओटा मतदानस्थललाई सम्वेदनशील र ६ सय ६८ ओटा मतदानस्थललाई सामान्य भनि वर्गीकरण गरिएको छ ।

निर्वाचन आयोगले ०८२ फागुन २१ गते गर्न लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कोशी प्रदेशका २८ ओटा निर्वाचन क्षेत्रमा १७ लाख ४६ हजार ४३ जना महिला, १८ लाख २८ हजार २ सय १३ जना पुरूष र अन्य २४ गरी कोशी प्रदेशमा ३५ लाख ७४ हजार ३ सय १० जना मतदाता छन् ।

ताप्लेजुङ इन्सेक प्रतिनिधि एलिना दियालीका अनुसार प्रतिनिधिसभाको एक ओटा निर्वाचन क्षेत्र रहेको जिल्लामा ८० ओटा मतदानस्थल र १ सय २७ ओटा मतदान केन्द्र तोकिएको छ । जसमध्ये २८ ओटा मतदानस्थल अति सम्वेदनशील, २५ ओटा मतदानस्थल सम्वेदनशील र २७ ओटा मतदानस्थलाई सामान्य भनि वर्गीकरण गरिएको छ । कूल ९० हजार ३ सय २७ जना मतदाता रहेको जिल्लामा महिला मतदाता ४२ हजार ४२ जना र पुरूष मतदाता ४८ हजार २ सय ८५ जना छन् । जिल्लामा अन्य मतदाता छैनन् ।

सङ्खुवासभा इन्सेक प्रतिनिधि भविन कार्कीका अनुसार एक ओटा निर्वाचन क्षेत्र रहेको जिल्लामा १ सय ९ ओटा मतदानस्थल र १ सय ६४ ओटा मतदान केन्द्र तोकिएको छ । जसमध्ये आठ ओटा मतदानस्थल अति सम्वेदनशील, ८२ ओटा मतदानस्थल सम्वेदनशील र १९ ओटा मतदानस्थलाई सामान्य भनि वर्गीकरण गरिएको छ । कूल १ लाख १९ हजार ६ सय ३० मतदाता रहेको जिल्लामा महिला मतदाता ५७ हजार ४ सय ५८ जना र पुरूष मतदाता ६२ हजार १ सय ७२ जना छन् । जिल्लामा अन्य मतदाता छैनन् ।

सोलुखुम्बु इन्सेक प्रतिनिधि अञ्जु कार्कीका अनुसार एक ओटा निर्वाचन क्षेत्र रहेको जिल्लामा १ सय २३ ओटा मतदानस्थल र १ सय ३८ ओटा मतदान केन्द्र तोकिएको छ । जसमध्ये ११ ओटा मतदानस्थल अति सम्वेदनशील, ३३ ओटा मतदानस्थल सम्वेदनशील र ७९ ओटा मतदानस्थलाई सामान्य भनि वर्गीकरण गरिएको छ । कूल ८५ हजार ५ सय १५ जना मतदाता रहेको जिल्लामा महिला मतदाता ३५ हजार ७ सय १३ र पुरूष मतदाता ३७ हजार २९ जना छन् । जिल्लामा अन्य मतदाता छैनन् ।

ओखलढुङ्गा इन्सेक प्रतिनिधि सरस्वती बानियाका अनुसार एक ओटा निर्वाचन क्षेत्र रहेको जिल्लामा ८४ ओटा मतदानस्थल र १ सय ५७ ओटा मतदान केन्द्र तोकिएको छ । जसमध्ये १२ ओटा मतदानस्थल अति सम्वेदनशील, २० ओटा मतदानस्थल सम्वेदनशील र ५२ ओटा मतदानस्थलाई सामान्य भनि वर्गीकरण गरिएको छ । कूल १ लाख २२ हजार ७ सय १५ जना मतदाता रहेको जिल्लामा महिला मतदाता ५८ हजार ८१ र पुरूष मतदाता ६४ हजार ६ सय ३४ जना छन् । जिल्लामा अन्य मतदाता छैनन् ।

खोटाङ इन्सेक स्रोत व्यक्ति कोपिलादेवी बाँस्तोलाका अनुसार एक ओटा निर्वाचन क्षेत्र रहेको जिल्लामा १ सय ३६ ओटा मतदानस्थल र १ सय ९५ ओटा मतदान केन्द्र तोकिएको छ । जसमध्ये २१ ओटा मतदानस्थल अति सम्वेदनशील, ६४ ओटा मतदानस्थल सम्वेदनशील र ५१ ओटा मतदानस्थलाई सामान्य भनि वर्गीकरण गरिएको छ । कूल १ लाख ४७ हजार १ सय २० जना मतदाता रहेको जिल्लामा महिला मतदाता ६९ हजार ४ सय ६४ जना र पुरूष मतदाता ७७ हजार ६ सय ५६ जना छन् । जिल्लामा अन्य मतदाता छैनन् ।

तेहृथुम इन्सेक प्रतिनिधि सुरेश खत्रीका अनुसार एक ओटा निर्वाचन क्षेत्र रहेको जिल्लामा ५६  ओटा मतदानस्थल र ९३ ओटा मतदान केन्द्र तोकिएको छ । जसमध्ये २३ ओटा मतदानस्थल सम्वेदनशील र ५१ ओटा मतदानस्थलाई सामान्य भनि वर्गीकरण गरिएको छ । कूल ७३ हजार १ सय ३७ जना मतदाता रहेको जिल्लामा महिला मतदाता ३५ हजार ५ सय १० जना र महिला मतदाता ३७ हजार ६ सय २७ जना छन् । जिल्लामा अन्य मतदाता छैनन् ।

भोजपुर इन्सेक प्रतिनिधि गणेश विष्टका अनुसार एक ओटा निर्वाचन क्षेत्र रहेको जिल्लामा ८७ ओटा मतदानस्थल र १ सय ५९ ओटा मतदान केन्द्र तोकिएको छ । जसमध्ये ३३ ओटा मतदानस्थल अति सम्वेदनशील, २० ओटा मतदानस्थल सम्वेदनशील र ३४ ओटा मतदानस्थलाई सामान्य भनि वर्गीकरण गरिएको छ । कूल १ लाख २३ हजार ३ सय ७९ जना मतदाता रहेको जिल्लामा महिला मतदाता ५९ हजार २ सय ५३ जना पुरूष मतदाता ६४ हजार १ सय २५ जना अन्य मतदाता एक जना छन् ।

धनकुटा इन्सेक प्रतिनिधि ईश्वर थापाका अनुसार एक ओटा निर्वाचन क्षेत्र रहेको जिल्लामा १ सय १९ ओटा मतदानस्थल र १ सय ६६ ओटा मतदान केन्द्र तोकिएको छ । जसमध्ये १६ ओटा मतदानस्थल अति सम्वेदनशील, ४९ ओटा मतदानस्थल सम्वेदनशील र ५५ ओटा मतदानस्थलाई सामान्य भनि वर्गीकरण गरिएको छ । कूल १ लाख १८ हजार ४ सय २५ जना मतदाता रहेको जिल्लामा महिला मतदाता ५८ हजार ९ सय ४२ जना र पुरूष मतदाता ५९ हजार ४ सय ८३ जना छन् । जिल्लामा अन्य मतदाता छैनन् ।

पाँचथर इन्सेक प्रतिनिधि इवारा जवेगु लिम्बूका अनुसार एक ओटा निर्वाचन क्षेत्र रहेको जिल्लामा १ सय २ ओटा मतदानस्थल र १ सय ७९ ओटा मतदान केन्द्र तोकिएको छ । जसमध्ये ३४ ओटा मतदानस्थल अति सम्वेदनशील, ५८ ओटा मतदानस्थल सम्वेदनशील र १० ओटा मतदानस्थलाई सामान्य भनि वर्गीकरण गरिएको छ । कूल १ लाख ४३ हजार ४ सय ८ जना मतदाता रहेको जिल्लामा महिला मतदाता ६६ हजार ८१ जना र पुरूष मतदाता छन् । जिल्लामा अन्य मतदाता छैनन् ।

इलाम इन्सेक प्रतिनिधि मनोज अधिकारीका अनुसार दुई ओटा निर्वाचन क्षेत्र रहेको जिल्लामा १ सय ५० ओटा मतदानस्थल र २ सय ९० ओटा मतदान केन्द्र तोकिएको छ । जसमध्ये ३६ ओटा मतदानस्थल अति सम्वेदनशील, ५५ ओटा मतदानस्थल सम्वेदनशील र ५९ ओटा मतदानस्थलाई सामान्य भनि वर्गीकरण गरिएको छ । कूल २ लाख ३१ हजार ८ सय ९ जना मतदाता रहेको जिल्लामा महिला मतदाता १ लाख १२ हजार १ सय ५८ जना, पुरूष मतदाता १ लाख १९ हजार ६ सय ४८ जना र अन्य मतदाता तीन जना छन् ।

झापा स्रोत व्यक्ति नरेश खातीका अनुसार पाँच ओटा निर्वाचन क्षेत्र रहेको जिल्लामा २ सय ८५ ओटा मतदानस्थल र ८ सय १५ ओटा मतदान केन्द्र तोकिएको छ । जसमध्ये ९५ ओटा मतदानस्थल अति सम्वेदनशील, १ सय ४७ ओटा मतदानस्थल सम्वेदनशील र ४३ ओटा मतदानस्थलाई सामान्य भनि वर्गीकरण गरिएको छ । कूल ७ लाख १३ हजार ५ सय ३७ जना मतदाता रहेको जिल्लामा महिला मतदाता ३ लाख ५५ हजार १ सय १८, पुरूष मतदाता ३ लाख ५८ हजार ३ सय ४६ र अन्य मतदाता आठ जना छन् ।

मोरङ इन्सेक प्रतिनिधि विनोद सुवेदीका अनुसार ६ ओटा निर्वाचन क्षेत्र रहेको जिल्लामा ३ सय ६ ओटा मतदानस्थल र ८ सय ८८ ओटा मतदान केन्द्र तोकिएको छ । जसमध्ये ४७ ओटा मतदानस्थल अति सम्वेदनशील, १ सय २५ ओटा मतदानस्थल सम्वेदनशील र १ सय ३४ ओटा मतदानस्थलाई सामान्य भनि वर्गीकरण गरिएको छ । कूल ७ लाख ८३ हजार ५० जना मतदाता रहेको जिल्लामा महिला मतदाता ३ लाख ८३ हजार ३ सय ५७ जना, पुरूष मतदाता ३ लाख ९९ हजार ६ सय ८६ जना र अन्य मतादाता सात जना छन् ।

सुनसरी इन्सेक प्रतिनिधि जयकृष्ण यादवका अनुसार चार ओटा निर्वाचन क्षेत्र रहेको जिल्लामा १ सय ६७ ओटा मतदानस्थल र ६ सय २४ ओटा मतदान केन्द्र तोकिएको छ । जसमध्ये ५९ ओटा मतदानस्थल अति सम्वेदनशील, ६५ ओटा मतदानस्थल सम्वेदनशील र ४३ ओटा मतदानस्थलाई सामान्य भनि वर्गीकरण गरिएको छ । कूल ५ लाख ८० हजार ९ सय ४५ जना मतदाता रहेको जिल्लामा महिला मतदाता २ लाख ८६ हजार ६ सय ९१ जना, पुरूष मतदाता २ लाख ९४ हजार २ सय ५२ जना र अन्य मतदाता दुई जना छन् ।

उदयपुर प्रतिनिधि राकेश नेपालीका अनुसार दुई ओटा निर्वाचन क्षेत्र रहेको जिल्लामा १ सय ३ ओटा मतदानस्थल र २ सय ७५ ओटा मतदान केन्द्र तोकिएको छ । जसमध्ये २१ ओटा मतदानस्थल अति सम्वेदनशील, ५३ ओटा मतदानस्थल सम्वेदनशील र २९ ओटा मतदानस्थलाई सामान्य भनि वर्गीकरण गरिएको छ । कूल २ लाख ३० हजार ५ सय ७३ जना मतदाता रहेको जिल्लामा महिला मतदाता १ लाख १३ हजार ५ सय २८ जना, पुरूष मतदाता १ लाख १७ हजार ४३ जना र अन्य दुई जना मतदाता छन् ।