धर्म बेलस, पच्चा अयो र उराँव पूर्खाको पूजा कार्यक्रम सम्पन्न
सुनसरीको इनरुवा नगरपालिका २ मा उराव समुदायको सास्कृतिक र एतिहासिक धर्म बेलस, पच्चा अयो र उराँव पूर्खाको पूजा कार्यक्रम सम्पन्न भएको छ।


शनिबार एक विशेष कार्यक्रमको बिच इनरुवा-२, करम टोड्का, सुनसरीमा धर्म बेलस, पच्चा अयो र उराँव पूर्खाको पूजा कार्यक्रम सम्पन्न भएको हो।

नेपाल उराँव आदिवासी जनजाति प्रतिष्ठानका अध्यक्ष बेचन उरावले आफ्नो सांस्कृतिक पक्ष र जातिय उत्थान सहितको कार्यक्रम गर्ने क्रममा धर्म बेलस, पच्चा अयो र उराँव पूर्खाको पूजा कार्यक्रम गरेको बताउनु भएको छ। त्यसैगरी डण्डाकटाक पूजा कार्यक्रम गरेको छ।

