तेस्रो उराँव लाेक साँस्कृतिक कार्यक्रम भव्यताका साथ सम्पन्न
जयकृष्ण यादव। इनरुवा
इनरुवा, माघ १७ गते। सुनसरीको इनरुवा नगरपालिकामा तेस्रो उराँव लाेक साँस्कृतिक कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ। नेपाल उराँव आदिवासी जनजाति प्रतिष्ठान इनरुवा-२, करम टोड्का, सुनसरीको आयोजनामा र कुडुख संगीत समूहको सह-आयोजनामा आयोजित तेस्रो उराँव लाेक साँस्कृतिक कार्यक्रम भव्यताका साथ सम्पन्न भएको हो ।
कोशी प्रदेशका विभिन्न ९३ वटा सास्कृतिक टोलीको मौलिक नृत्य, गीत र फेसन सो सहित ऐतिहासिक कार्यक्रम सम्पन्न भएको प्रतिष्ठानका सचिव सम्पत लाल उरावले जानकारी दिनुभयो ।

उराव समुदायको मौलिक नृत्य र गीत तथा पहिरन पोशाक प्रदर्शनि प्रस्तुत गर्दै सास्कृतिक कार्यक्रम सम्पन्न भएको सहभागी विराटनगरका सरोज उराँवले प्रतिक्रिया दिनुभयो । नृत्य प्रस्तुत गर्नुभएकोलाईको कलाको सम्मान गर्दै सम्मान स्वरुप खादा र सम्मान पत्र प्रदान गरिएको जनाएको छ । टोलीको प्रमुखहरुलाइ पुरस्कार तथा सम्मान पत्र संस्थाका पुरस्कृत गरेको जनाएको छ। आयोजक संस्थाका अध्यक्ष बेचन उराँव , सचिव सम्पत लाल उराँव,कोषाध्यक्ष रामलाल उरांवले सहभागी टोलीलाई पुरस्कार हस्तान्तरण गर्नुभएको थियो । नेपाल उराँव आदिवासी जनजाती प्रतिष्ठानको आयोजनामा उराँव लोक सांसस्कृतिक कार्यक्रम २०८२ भव्यताको साथ सम्पन्न भएको जनाएको छ ।

कार्यक्रममा काेशी प्रदेशकाे तीन जिल्लाका उराँव कलाकार तथा साहित्यकारहरुकाे सहभागीता रहेको थियो । सहभागी सुशीला उरावले इनरुवामा उराव समुदायको यो ऐतिहासिक कार्यक्रम भएको प्रतिक्रिया दिनुभयो । लोपोन्मुख नृत्य समेत प्रस्तुत गर्न पाएको उहाँले बताउनुभयो।

सुनसरीकाे इटहरी, भोक्राहा नरसिंह , इनरुवा नगरपालिका , गढी गाउँपालिका, दुहबी नगरपालिका , बर्जु गाउँपालिका देवानगन्ज ,हरिनगर बराहक्षेत्र नगरपालिका साथै मोरङकाे विराटनगर , बुढीगगा , सुन्दहरैचा, पथरी शनिश्चरे , कटहरी र उदायपुरको बेलका नगरपालिका लगायतका ३ जिल्लाभरका उराँव युवा विद्यार्थि कलाकारहरुको सहभागिता रहेकोे प्रतिष्ठानका अध्यक्ष बेचन उराँवले जानकारी दिनुभयो।

अध्यक्ष उराँवका अनुसार उराँव समुदायको प्रतिभा प्रस्फुटनका लागि तिन वर्ष अघि सुरु भएको उराँव लोक सांस्कृतिक कार्यक्रमको तेस्रो संस्करण सम्पन्न गरेकोहो । उराँव तथा कुडुख भाषाको माैलिक गित तथा नृत्य, कला साहित्य प्रस्तुत गरेको थियो । कोशी प्रदेशका तीन जिल्लाका ९३ समुहमा २८३ जना प्रतियोगीहरुले अभिनय गरेका थिए ।

कार्यक्रमा सहभागी भएकाहरुले आफ्नो कला र प्रतिभा प्रस्तुत गरेका ९३ टोलीलाई पुरस्कार तथा प्रमाणपत्र हस्तान्तरण गरेको प्रतिष्ठानका सचिव सम्पतलाल उराँवले जानकारी दिनुभयो।
सुशमा उराव र सुनिता उरावले आफुहरुले आफ्नो जातिय, भाषिक र कुडुख संगीत सास्कृतिक कार्यक्रममा प्रस्तुत गर्न पाएकोमा खुशी लागेको बताउनुभयो।
